१३ औं सागमा क्रिकेट र प्याराग्लाइडिङ थपिए, अब २७ खेल हुने


५ श्रावण २०७५, शनिबार
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक

काठमाडौं,साउन ५: भौतिक पूर्वाधार निर्माण र पूर्न निर्माणको काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको पृष्ठभूमिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई खेल थप्ने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बनेसको बैठकले आसन्न सागमा क्रिकेट र प्याराग्लाइडिङ थप्ने निर्णय गरेको हो ।दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक

अब सागमा खेल संख्या २७ पुगेको छ । सन् २०१९ को मार्चमा आयोजना गर्ने भनिएको सागमा यसअघि २५ खेल राख्ने तय भएको थियो । आयोजक राष्ट्रको सिफारिसमा दुई खेल थप्न पाइने प्रावधान अनुसार नेपाल ओलम्पिक कमिटीले कराते र गल्फ थप गरिएको थियो ।

नेपालमा १३ औं साग खेलकुद हुने भएपछि काउन्सिलको चौथो बैठकले सदस्य राष्ट्रहरुकै अनुरोधमा क्रिकेट र प्याराग्लाईडिङ थपिएको बैठकमा सहभागी जानकारी गराए । उनका अनुसार दुबै खेल पहिलोपटक सागमा समावेश गर्न लागिएका खेल हुन् ।

क्रिकेट यू–२३ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै काउन्सिलको बैठकले २७ खेलका इभेन्टहरु पनि निर्धारण गरेको छ । एनओसी अध्यक्ष श्रेष्ठले बैठकमा १३ औं सागको लागि आवश्यक पूर्वाधारहरु धमाधम काम भैरहेको बताउदै एक साताअघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलुकद परिषद (राखेप) सँग पनि छलफल भएको बताए ।

उनले नेपाल सरकारबाट पनि सहयोग पाएका कारण १३ औं साग तोकिएकै समयमा हुने र यसमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको बैठकमा बताएका थिए ।१३औं दक्षिण एशियाली खेलकुद काठमाडौ र पोखरामा आयोजना हुने बताइएपनि कुन खेल कहाँ हुन तय भएको छैन । सागका लागि अहिले मुख्य पूर्वाधारहरु त्रिपुरेश्वरको दशरथ रंगशाला, सातदोवाटोको पौडी पोखरी, पोखरा रंगशाला लगायतको पुर्ननिर्माणको काम भइरहेको छ । राखेपले ले फागुनसम्ममा सबै पूर्वाधार निर्माण सम्पन्न हुने जनाएको छ ।

१३ औं सागमा समावेश खेलहरु
आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७