नेपालको हैम्पसायरमाथि २ सय ४३ रनको सानदान जित, पारस र ललितको उत्कृष्ट प्रदर्शन


६ श्रावण २०७५, आईतवार
nepali cricket 1

लण्डन, ५ साउन । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सानदार जित हात पारेको छ । शनिबार राति सम्पन्न खेलमा हैम्पसायर होग्सलाई २ सय ४३ रनको फराकिलो अन्तरले जित हात पारेको हो ।nepali cricket

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको हैम्पसायरले ३७.१ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रनमात्रै बनाए ।

नेपालको जितमा कप्तान पारस खड्का र ललित नारायण राजवंशीले उत्कृष्ट गरे । नेपाल लागि पारस खड्काले कप्तान पारसले डेढ सय रनको उत्कृष्ट पारी खेले । उनले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन बनाए । उनले १९ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै रोहित पौडेलले ४४ (३४बल) रन, ३७ (४६) रन, आरिफ सेखले २७(२५), करण केसी १८(११), सन्दीप लामिछाने १६(१३), ललितसिंह भण्डारीले १६(१७), शरद भेषावकरले १४(१७), ज्ञानेन्द्र मल्लले ५(११) र सुवास खकुरेलले ११(१७) रन जोडेका थिए ।
हैम्पसायरका लागि मिलेस कभर र जोन पोर्टोलले ३–३ र जेम्स विल्केस ग्रिनले २ विकेट लिएका थिए ।nepali cricket 3

यस्तै नेपालका लागि बलिङमा ललित राजवंशीले हैम्पसायरको पाँच विकेटसहित उत्कृष्ट स्पेल गरे । ललितले १० ओभर बलिङ गर्दै ४ ओभर मेडन राखेर ३४ रन खर्चदै ५ विकेट लिए । नेपालका लागि बलिङमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।
होग्सका लागि ह्यारी फिसरले ३३ रन र टिम बाउचरले २२ रन जोडे अन्यले दोहोरो स्कोर गर्न सकेन् ।

नेपालले जुलाई २९ तारिखमा लर्डसमा नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँगको त्रिकोणात्मक टी–२० र त्यसपछि नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको खेल्नेछ ।nepali cricket 3

त्यसका लागि नेपालको अन्य विभिन्न क्लबसँग थप तीनवटा अभ्यास खेल खेल्दै लर्डसमा त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम छ । जुलाई २३ मा सेन्ट क्रससँग टी–२०, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग टी–२० को अभ्यास खेल खेल्नेछ ।

याे पनि पढ्नुहाेस्

हैम्पसायरविरुद्ध पारसले बनाए डेढ सय रन

 

पहिलाे इनिङ

दाेस्राे इनिङ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७