अाजकाे राशिफल-वि.सं. २०७५ साल साउन ६ गते।


६ श्रावण २०७५, आईतवार
rashifal today

अाजको पञ्चाङ्ग

वि.सं. २०७५ साल साउन ६ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– दशमी, १७:३० बजेउप्रान्त एकादशी। नक्षत्र– विशाखा, १४:१९ बजेउप्रान्त अनुराधा। योग– शुभ, ११:३५ बजेउप्रान्त शुक्ल। करण– गर, १७:३० बजेदेखि वणिज, २९:४६ बजेउप्रान्त वणिज। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– तुला, ८:०४ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:२२ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३३ घडी ५७ पला। मन्वादि।

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमीको सहयोग पाइनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । पदोन्नतीको सम्भावना छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७