तीन बर्ष बितिसक्यो थोत्रा त्रिपालमै छन् प्रहरी


६ श्रावण २०७५, आईतवार
barpak gorkha tripal earthquake

धादिङ,साउन ६: भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् ।

जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् । तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका हुन् ।

थोत्रा टेन्टमा बस्दा बर्षातको समयमा सर्प, लामखुट्टे र कीरा फट्याङग्रालगायतको टोकाइबाट प्रहरी प्रताडित छन्, केहीमा छालाको रोगको समस्या देखा परेको छु, जिल्ला प्रहरीका एक अधिकृतले भने ।

जिल्लाका २४ वटै प्रहरी इकाईका नाममा जग्गा भए पनि भवन भत्केर बिजोग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७