वसन्तपुरको सामूहिक सत्याग्रहमा नेविसंघका नेता तथा कार्यकर्ताहरुको बाहुल्यता


६ श्रावण २०७५, आईतवार
Dujang Sherpa

काडमाडौं, ६ साउन : प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आइतबारदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ । सोलिडारिटी फर डा.केसी अलाइन्सको अगुवाइमा बिहान ११ बजेदेखि सत्याग्रह सुरु भएको हो ।

Dujang Sherpa
नेविसंघका नेता दुजाङ् शेर्पा सहित विद्यार्थी नेताहरु

अपरान्ह ५ बजेसम्म जारी रहने सत्याग्रह आइतबार बिहान शंखध्वनीसहित सुरु भएको थियो । आज बिहान ११ बजे सामूहिक सत्याग्रह सुरु हुँदा ३८ जना बसेका बताइएको छ । तर, सत्याग्रहमा अधिकांस नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता बसेका छन् । स्रोतका अनुसार नेविसंघले सामूहिक सत्याग्रहमा बस्नका लागि कार्यकर्ताहरुलाई आन्तरिक सर्कुलर नै गरेका छन् । आन्तरिक सर्कुलर अनुसार बिहानदेखि बेलुकी ५ सम्मको तालिका मिलाएर नेताहरु संत्याग्रहका लागि पालैपालो जाने एक नेताले बताए ।

डा. केसीको समर्थनमा नागरिक अगुवाहरुको नेतृत्वमा शनिबार काठमाडौँमा वृहत् प्रदर्शनसहित सभा समेत सम्पन्न भएको थियो । शनिबारको सभामा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले केसीको पक्षमा सामूहिक सत्याग्रह समेत बस्ने बताएका थिए ।

आयोजकले अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी, विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७