प्राधिकरणको नाफामा कर्मचारीको ‘आँखा’, भत्ता बाँड्न कुलमानमाथि दवाव


६ श्रावण २०७५, आईतवार
kulman

काठमाडौं, ६ साउन । वर्षेनी घाटामा जाने गरेको नेपाल विद्युत प्राधिकरण अहिले नाफामा छ । प्राधिकरण नाफामा जान थालेपछि कर्मचारीको आँखा पनि प्राधिकरणको कमाइमा पर्न थालेको छ ।kulman

प्राधिकरण नाफामा गएपछि कर्मचारी संगठनहरुले भत्ता दिनुपर्ने माग गरेका छन् । निरन्तर घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३ र ७४ बाट मात्र नाफामा चलेको हो । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएको वर्षमै प्राधिकरण मुनाफामा आएको हो ।
दैनिक १९ घण्टासम्म भएको लोडसेडिङलाई पूर्णरुपमा हटाएपछि प्राधिकरण भर्खरै तंग्रिने अवस्थामा छ । यस्तो अवस्थामा प्राधिकरणको आधिकारिक ट्रेड युनियन, कर्मचारी संघले कर्मचारीको मनोबल उच्च बनाउन एक महिनाको तलव बराबरको वाषिर्कोत्सव भत्ताको रुपमा उपलब्ध गराउन माग गरेको छ ।

कर्मचारीले घिसिङलाई ज्ञापनपत्र बुँझाउँदै व्यवस्थापनको सुझबुझुपूर्ण निर्णय र कर्मचारीहरुको अथक प्रयासका कारण प्राधिकरणका आर्थिक अवस्थामा सुधार आएको भन्दै भत्ता उपलब्ध गराउन माग गरेका हुन् । संघका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरण नाफा नरहँदा यस्तो कुनै दबाव व्यवस्थापनलाई नदिएको जनाउँदै कर्मचारीलाई उत्प्रेरित गर्न पनि यस्तो भत्ता आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

अहिले प्राधिकरणले कर्मचारीलाई ५ सय रुपैयाँ मात्रै भत्ता दिने गरेको छ । कर्मचारीको माग पूरा गर्न प्राधिकरणले करोडौं खर्चिनु पर्छ । हाल प्राधिकरणमा १० हजार कर्मचारी छन् । आयोजनामा कार्यरत कर्मचारीहित सबैले एक महिनामा ४३ करोड बराबरको तलव बुझ्ने गरेको प्राधिकरणको वित्त विभागले जानकारी दिएको छ ।
हेर्नुस् ज्ञापनपत्र

latter

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७