सहसचिवकै संरक्षणमा भिएलएनबाट नेपाली कामदार ठगिएको खुलासा


६ श्रावण २०७५, आईतवार
Krishnahar Puskar

काठमाडौं, ६ साउन । मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रूपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भिएलएन प्रालिलाई वैदेशिक रोजगार विभागकै तत्कालीन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण दिएको खुलासा भएको छ ।Krishnahar Puskar

तत्कालीन महानिर्देशक पुस्करले भिएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेको पाइएपछि उनको संरक्षण पाइएको हो । उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेश समेत दिएका थिए । सरकारको अनुमति बिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन ।

अर्कोतर्फ सरकारको निर्णयअनुसार नेपाली कामदारका लागि फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेको आरोपमा भीएलएन सञ्चालकमाथि ठगी मुद्दा चलेको हो । दूतावासको दायरा बाहिर सञ्चालित कम्पनीले सोझै मलेसियाली सरकारसँग सम्झौता समेत गरेको छैन । वैदेशिक रोजगार ऐनमा पनि कामदारमाथि अनधिकृत रूपमा रकम उठाउन नपाइने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७