जेठ १० गतेभित्र भिसा लागेका नेपाली मलेसिया जान पाउने


६ श्रावण २०७५, आईतवार
sram

काठमाडौं, ६ साउन । सरकारले जेठ–२ गतेभित्र काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पिङ’ गराएका नेपाली कामदारलाई मलेसिया जान दिने भएको छ । sram

सरकारले आइतबार गरेको यो निर्णयसँगै रोजगारीका लागि मलेसिया जान तयार रहेका ४५३ नेपाली कामदार लाभान्वित हुने भएका छन् । काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । वैदेशिक श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति लिएपछि मात्रै मलेसिया जान पाउने व्यवस्था छ ।

‘जेठ २ गतेसम्म दूतावासबाट भिसा स्ट्याम्पिङ भएका कामदारलाई श्रम स्वीकृति दिने निर्णय भएको छ,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘अरुको हकमा सरकारको निर्णय यथावत रहने छ ।’ गत जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारमाथिको आर्थिक भार नहटाएसम्म नेपालीलाई मलेसिया नपठाउने निर्णय गरेपछि भिसा पाइसकेका कामदारले समेत श्रम स्वीकृति पाएको थिएनन् ।

जेठ २ गते अघि नै दूतावासबाट ४ सय ५३ र २ गतेपछि झण्डै २५ सय कामदारको भिसा स्ट्यापिङ भएको थियो । उनीहरुलाई अन्तिम श्रम स्वीकृति दिन पेश गरिएको फाइल वैदेशिक रोजगार कार्यालयमा रोकिएको थियो । वैदेशिक रोजगार ब्यबसायी संघले जेठ २ गतेअगाडि नै भिसा प्रक्रिया पूरा भई अन्तिम श्रम स्वीकृतिको लागि आवेदन दिइसकेका कामदारलाई श्रम स्वीकृति दिन अनुरोध गर्दै आएको थियो । संघका अध्यक्ष रोहन गुरुङले भिसा लागिसकेका झण्डै तीन हजार नेपाली कामदारले श्रम अनुमति नपाउदा समस्या भएको वताएका छन् ।

‘यथाअवस्थामा मलेसिया जानको लागि पूर्व स्वीकृति दिने अवस्था हुँदैन । यसमा संघले लिएको अडान कायमै छ,’ संघका अध्यक्ष गुरुङले भने,‘सरकारले मलेसिया नपठाउने निर्णय गर्ने बेला भिसा लागिसकेका कामदारलाई मात्रै अन्तिम स्वीकृति दिन सरकार समक्ष अनुरोध गरेको हो ।’ उनका अनुसार जिएससजी र मेडिकल गरिसकेका झण्डै १५ हजार कामदारको ‘कलिङ भिसा’ आइसकेको छ । मलेसियन दूतावासले वान स्टेप सेन्टर (भिएलएन) बाट भिसा निवदेन गएपछि मात्रै कलिङ भिसालाई स्ट्यापिङ गर्ने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७