देउवाको विदेश भ्रमण अकास्मात स्थगित


६ श्रावण २०७५, आईतवार
PM Sher Bahadur Deuba 2
फाइल तस्बिर ।

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्व निर्धारित विदेश भ्रमण कार्यक्रम स्थागित भएको छ । केहीदिन यता विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्व निर्धारित सात दिने भ्रमण स्थगित गरिएको कांग्रेसले जनाएको हो ।PM Sher Bahadur Deuba 2

देउवा आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए । यद्यपि, अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका रहेको भन्दै उनले भ्रमण स्थगित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७