अभिनेत्री प्रियंकाले गरिन् आत्महत्या


६ श्रावण २०७५, आईतवार
suside lahan

काठमाडौं, ६ साउन । भारतीय चलचित्र जगतमा फेरि दुःखद् खबर आएको छ । भारतीय अभिनेत्री रिता भादुडीपछि अर्की अभिनेत्री प्रियंकाले पनि आत्महत्या गरेकी छिन् । उनले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् । प्रियंकाले चेन्नईमा रहेको आफ्नै घरमा आत्महत्या गरेकी छन् ।suside lahan

अहिलेसम्म घटनास्थलबाट कुनै पनि सुसाइट नोट प्राप्त नभएको भारतीय प्रहरीले जनाएका छन् । प्रियंका सन टिभिमा आउँदै गरेको भैरवी कार्यक्रममा काम गरिरहेकी थिइन् । यसभन्दा अगाडि उनले धेरै टिभिहरुमा सञ्चालन भएका कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाहत गरेकी थिइन् । 1531900906 tamil

उनको घरमा आफन्त आएपछि उनी झुण्डिएर आत्महत्या गरेको जानकारीमा आएको हो । भारतीय सञ्चार माध्यमका अनुसार पारिवारिक समस्याका कारण उनले आत्महत्या गरेको जनाइएको छ । उनको धेरै पहिला विवाह भएको थियो, तर अहिलेसम्म बच्चा भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७