दोस्रो पटक यौन सम्बन्ध राख्न नमानेपछि प्रेमिकाको हत्या


६ श्रावण २०७५, आईतवार
hatya 1 2

पर्सा, ६ साउन । दोस्रो पटक यौन सम्पर्क गर्न नमानेपछि पर्साका एक व्यक्तिले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । स्थायी घर भारत बिहार भई पर्साको जगरनाथपुर गाउँपालिका–४ मा बस्दै आएका नर्सिङ्ग चौधरीकी भतिजी १८ वर्षीया बनिताकुमारी चौधरीको उनकै प्रेमी जगरनाथपुर गाउँपालिका ४ का १९ वर्षीय प्रमेन्द्र चौधरीले हत्या गरेका हुन् ।hatya 1 2

असार २८ गतेदेखि घरबाट हराएकी बनिताको शव जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित गंगोली भन्ने भलुवाही खोलाको छेउमा असार ३१ गते भेटिएको थियो । प्रहरीका अनुसार बनिता र प्रमेन्द्रबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाइ भलुवाही खोलाको खरबारीमा बोलाएका थिए ।

खरबारीमा प्रमेन्द्रलाई भेट्न पुगेकी बनिता र प्रमेन्द्रबीच पहिलो पटक यौन सम्पर्क भएपछि प्रमेन्द्रले फेरि दोस्रो पटक यौन सम्बन्ध राख्न खोज्दा बनिताले नमानेपछि प्रमेन्द्रले उनको घाँटीमा सल बेरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
हत्यापछि प्रमेन्द्रले बनितको शव घिसारेर खोलाको किनारमा लगेर खाल्डो खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।

प्रेमीका बनिताको हत्या गरेका प्रेमी प्रमेन्द्रलाई प्रहरीले पक्राउ गरिसकेको छ । आफनै घरमा लुकेर बसेको अवस्थामा शनिबार प्रमेन्द्र पक्राउ परेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिएका छन् । यद्यपी हत्याको कारण भने ढिला मात्र खुलेको हो । ‘पक्राउ परेका प्रमेन्द्रले बनिताको हत्या आफूले नै गरेको स्वीकार गरिसकेका छन्’, प्रहरी उपरीक्षक ढकालले भने, ‘अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी कार्बाही प्रक्रिया अगाडि बढाइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७