४० सशस्त्र प्रहरी शान्ति स्थापनार्थ सुडान प्रस्थान


६ श्रावण २०७५, आईतवार
Apf

काठमाडौं, ६ साउन । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाईटेड नेशन्स मिसन इन साउथ’ सुडानमा कार्य गर्न सशस्त्र प्रहरी बलको एक टोली प्रस्थान गरेको छ । टोलीले बोरमा फम्र्ड पुलिस युनिटको रुपमा कार्य गर्नेछ ।Apf

सशस्त्र प्रहरी उपरीक्षक शान्ति कार्कीको कमाण्डमा गएकोे टोलीमा सशस्त्र प्रहरी अधिकृतसहित कूल ४० जना छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच टोलीलाई शुभकामना सहित विदाई गरेका छन् ।

विगतको एपीएफ टोलीले उत्कृष्ट कार्य सम्पादन गरेको स्मरण गर्दै देश र संगठनको नाम उच्च हुने ढंगले उच्च हौसलाका साथ कार्य गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७