नेकपा युवा विद्यार्थीको माग : सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्छ


६ श्रावण २०७५, आईतवार
nabina lama ranjit tamag ramesh paudel ramprasad

काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा विद्यार्थी संगठनहरुले सबै निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।nabina lama ranjit tamag ramesh paudel ramprasad

नेकपा निकटकै व्यापारीहरुका मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि सरकारले माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको आरोप लागिरहेका बेला सत्तारुढ दलकै भातृ संगठनहरुले सरकार समक्ष यस्तो माग राखेका हुन् ।
नेकपाका युवा संगठनहरु वाइसीएल र युवा संघ नेपाल तथा विद्यार्थी संगठनहरु अनेरास्ववियू र अखिल क्रान्तिकारीका अध्यक्षहरुले आइतबार विज्ञप्ति प्रकासित गरी निजी क्षेत्रबाट सञ्चालित सम्पुर्ण मेडिकल कलेजहरु अविलम्ब राष्ट्रियकरण गर्न वा गैर नाफामुखी ट्रष्टका रुपमा सञ्चालन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा सबै प्रदेशमा राज्यका तर्फबाट सुविधासम्पन्न मेडिकल कलेज खोल्न पनि माग गरिएको छ । यस्तै, युवा विद्यार्थीहरुले स्वास्थ्य क्षेत्रमा देखिएका सबै समस्याहरु दीर्घकालीन ढंगले समाधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी काम सञ्चालन गर्न माग गरेका छन् । उनीहरुले डा. गोविन्द केसीसँग वार्ता गरेर उनको जीवन रक्षा गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
विभिन्न प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका संस्थाहरुमाथि छानविन गरी कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

हेर्नुस विज्ञप्ती

get img

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७