गेसो सभापति सहित बेलायतमा १० नेपाली सामाजिक अगुवाहरु सम्मानित
लण्डन, ७ साउन : बेलायतदेखि सञ्चालित एक अनलाइन पोर्टलले नेपाली मुलका बेलायतमा रहेका १० जना सामाजिक अभियान्तहरुलाई सम्मान गरेको छ । नेपाल ब्रिटेन डटकम अनलाइनले आफ्नौ ११ औं बार्षिकउत्सवको अवसरमा विभिन्न विद्याका सामाजिक अभियान्तहरुलाई सम्मान गरेको हो ।
लण्डनस्थित साउथ हेरोको स्टेसन परेडमा सम्पन्न अनलाइनको बार्षिकउत्सवको अवसरमा सम्मानित गरेको थियोे । सम्मानित हुनेहरुमा जोन मोर युनिर्भसिटीका एसोसियट डिन पदम सिम्खडा, बेलायती सेनाका लेफिटनेन्ट कर्णेल टोल खाम्चा, गोरखा भुतपुर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई, तमुधि केन्द्रका अध्यक्ष ज्ञाम गुरुङ, समाजसेवी तथा व्यवसायी दीपक श्रेष्ठ, खेलप्रेमी मीनबहादुर गुरुङ, सामाजिक सेवाका अगुवा कमलराज खनाल, शान्ति नेपाल समाजका अध्यक्ष कृष्ण ढकाल, ग्रेटर रसमोर नेपाली समुदायका अध्यक्ष जीव बेल्वासे र अभिनेत्री जसिता गुरुङ रहेको छ ।
सम्मानित हुनेहरुमा डा पदम सिम्खडा बेलायतमा लामो समयदेखि प्राध्यापनमा संलग्न विदेशी विश्वविद्यालयमा एसोसिएट डिन हुने पहिलो व्यक्ति हुन । टोल खाम्चा बेलायती सेनाको छैटौं वरियताको लेफिटनेन्ट कर्णेल पदमा पुग्ने सफल नेपाली गोरखा भर्तीको २ सय वर्षको अवधिमा सो पदमा पाउने उनी सहित चारजना नेपाली भित्र पर्छन् । कृष्णकुमार गोरखा भुतपुर्व सैनिकहरुको अधिकारमा लागेका सामाजिक अभियान्तका सेतु हुन । लामो समयदेखि बेलायतले गोरखाहरुमाथि गर्दै आएको विभेद र अन्यायका लागि निरन्तर आन्दोलन र अभियान चलाइरहेका छन् ।
सम्मानित हुने ज्ञाम गुरुङ बेलायतमा सेवा पदक, महारानीको गोल्डेन जुब्ली पदक, युएनको शान्ति पदक, बोजनिया पदक र अन्य थुप्रै सम्मान पुरस्कार र पदकहरुबाट सम्मानित भएका व्यक्ति हुन । तमधी केन्द्रका अध्यक्ष ज्ञाम गुरुङ तमुधिको इतिहासमा कम उमेरका बहुप्रतिभाशाली व्यक्तित्वभित्र पर्छन । दीपक श्रेष्ठ बेलायतको नेपाली समुदायमा क्रियाशील समाजसेवी र सफल व्यवसायी भित्र पर्छन ।
खेलकुद क्षेत्रमा सक्रिय मीनबहादुर गूरुङ साहारा युकेका अध्यक्ष लगायत विभिन्न संघसंस्थामा क्रियाशिल छन । अर्का सम्मानित कमलराज खनाल भूतपूर्व गोरखा, एकल महिला तथा विविध रूपले कमजोर व्यक्तिलाई प्रत्येक साता ३–४ घन्टा अंग्रेजी भाषा, सहयोग, खानाको व्यवस्था, योग र मेडिटेसनका माध्यमबाट मानसिक तनावलाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । शान्ति नेपाल समाजका अध्यक्ष कृष्ण ढकाल विभिन्न सामाजिक सेवामा क्रियाशिल छन । उनले नेपालमा परेको विपद्हरुमा महत्वपुर्ण काम गरेका थिए ।
गे्रटर रसमोर नेपाली कम्युनिटीका जीव वेल्वासे गैरआवासीय नेपाली संघ (एनआरएन) संस्थापनकालदेखि सक्रिय एनआरएन अभियानमा महत्वपूर्ण योगदान दिदै आएका छन । साउथ ह्याम्टन सोलेन्ट युर्निभरसिटीमा स्नातक गर्दै आएकी जसिता गुरुङ नायिक हुन । गुरुङ अहिले ह्यर एण्ड मेक डिजाइनको समेत कोर्ष गर्दै आएकी छिन ।
प्रतिनिधि सभाका सदस्य सांसद डा. सूर्य पाठक र वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा १० जना सामाजिक अभियान्तहरुलाई सम्मानित गरेको थियो । प्रत्येक वर्षझै नेपाल ब्रिटेन डट कमले यस वर्ष पनि बेलायतमा बसेर मातृभूमिको सेवा गर्ने शीर्ष दस व्यक्तित्वलाई सम्मान गरेको अनलाइनका प्रधान सम्पादक चिरन पौडेलले बताए । कार्यक्रममा गायिका सर्मिला बर्देवा र नायिका छुल्ठिम गुरुङले समेत प्रस्तुति दिइकी थिइन ।
सम्मानपछि बधाई दिदै गेसोका पदाधिकारीहरु :-