धर्मको डर देखाउँदै ९० महिलामाथि बलात्कार, १२० अश्लिल भिडियोसहित बाबा पक्राउ


८ श्रावण २०७५, मंगलवार
धर्म कर्मको आडमा यौन धन्दा ९० महिलामाथि बलात्कार १२० अश्लिन भिडियो रेकर्ड5687

काठमाडौं, ८ साउन । धर्मका नाममा युवतीको बलात्कार गर्ने बाबा पक्राउ परेका छन् । ती बाबाले पछिल्लो २० वर्षदेखि युवतीमाथि बलात्कार गर्दै आएको खुलेको छ ।धर्म कर्मको आडमा यौन धन्दा ९० महिलामाथि बलात्कार १२० अश्लिन भिडियो रेकर्ड5687

यो घटना भारतको हरियाणास्थित टोहना क्षेत्रका हो । यस क्षेत्रमा धर्मको व्यापार गर्दै आएका जलेबी बाबा नामका धर्म गुरु यौन शोषणको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका उनको रहस्यमय कर्तुत बाहिरिएको छ । यी बाबाले कयौँ युवतीको बलात्कार गर्नुअघि जबरजस्ती शपथ दिलाउने गरेको खुलासा भएको हो । उनले जबरजस्ती यौन सम्बन्ध बनाउनुअघि युवतीलाई म आफ्नो मर्जीले यौन सम्बन्ध राख्दैछु भन्ने सपथ दिलाएर बलात्कार गर्ने गरेको खुलासा भएको हो ।

यी बाबामाथि अमरपुरीमा ९० भन्दा बढी महिलामाथि बलात्कार गरेको र १२० अश्लिन भिडियो रेकर्ड गरेको आरोप लागेको छ । उनले पछिल्लो २० वर्षदेखि धर्म कर्मको आडमा बलात्कार र ब्ल्याकमेलिङको धन्दा गर्दै आएका थिए । आफ्नो समस्या लिएर आएका युवतीलाई उनले तन्त्र मन्त्रका नाममा आफ्नो जालमा फसाउने गर्दथे । एक महिलाले उनको कर्तुतसहितको एक भिडियो प्रहरीलाई दिएपछि उनको कर्तुत बाहिर आएको हो । त्यस भिडियोका आधारमा प्रहरीले केही दिनअघि बाबालाई पक्राउ गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७