राजधानीमा अपार्टमेन्ट खोज्दै हुनुहुन्छ ? यी हुन बस्नयोग्य ३२ अपार्टमेन्ट (सूचीसहित)


९ श्रावण २०७५, बुधबार
Apartment zsfztVlunL

काठमाडौं, ९ साउन । के तपाई राजधानीमा अपार्टमेन्टको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले बस्नयोग्य अपार्टमेन्ट राजधानीमा कति र कहाँ छन् भन्ने कुरा पहिला बुझ्नु पर्ने हुन्छ ।Apartment zsfztVlunL

राजधानीमा अपार्टमेन्ट धेरै भए पनि सबै बस्नयोग्य नभएको ठहर गरिएको छ । २०७२ वैसाश १२ को भूकम्पपछि राजधानीका धेरै अपार्टमेन्टमा असर पुगेको छ । जसका कारण अपार्टमेन्ट व्यवसायी धरासायी समेत बन्न पुग्यो । भूकम्पले क्षति पुर्‍याएका ५१ मध्ये ३२ अपार्टमेन्ट मात्र बस्नयोग्य रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले जनाएको छ । भूकम्पले पु¥याएको क्षतिपछि आवश्यक प्रक्रिया पुर्‍याएर मर्मत गरेपछि यी अपार्टमेन्ट बस्नयोग्य भएको डिभिजन कार्यालयका वरिष्ठ इन्जिनियर तथा सूचना अधिकारी लिला खतिवडाले जानकारी दिएका छन् ।

क्षति पुगेका बाँकी १९ मध्ये थप ९ वटा अपार्टमेन्ट बस्न मिल्नेगरी तयार भई डिभिजन कार्यालयमा स्वीकृतिको प्रक्रियामा रहेको खतिवडाले जानकारी दिए । ७ वटा अपार्टमेन्ट मर्मतको प्रक्रियामा रहे पनि उनीहरुले हालसम्म पनि कार्यालयमा विवरण बुझाएका छैनन् ।
यता, भूकम्पले क्षति पुर्याएका ३ वटा अपार्टमेन्ट भने ३ वर्ष बितिसक्दा पनि सम्पर्कमा नआएको खतिवडाले जानकारी दिएका छन् । टेकुस्थित सिग्नेचर–१ तथा सिग्नेचर–२ र शंखमूलस्थित बाग्मती अपार्टमेन्ट मर्मतका सम्बन्धमा हालसम्म सम्पर्कमा अएका छैनन्।

यी हुन् बस्नयोग्य ३२ अपार्टमेन्ट

१) ओरियन्टल अपार्टमेन्ट, धुम्बाराही
२) टिसिएच हाउजिङ, लाजिम्पाट
३) भाटभटेनी अपार्टमेन्ट, भाटभटेनी
४) इन्द्रेनी अपार्टमेन्ट–१, भाटभटेनी
५) इन्द्रेणी अपार्टमेन्ट–२, भाटभटेनी
६) सनराइज अपार्टमेन्ट, बालकुमारी
७) सेन्ट्रल पार्क, विशालनगर

८) सिटी स्पेस, हात्तिवन
९) सिटी भ्यू अपार्टमेन्ट, सानेपा
१०) सिभिल अपार्टमेन्ट, धापाखेल
११) अम्बे अपार्टमेन्ट
१२) बज्र सांग्रिला, झम्सीखेल
१३) सेन्ट्रल पार्क, विशालनगर
१४) डाउनटाउन अपार्टमेन्ट, धापाखेल
१५) इम्पेरियल कोआर्ट, सानेपा
१६) केयल रेसिडेन्सी, सानोगौचरन
१७) मर्करी अपार्टमेन्ट, सानेपा
१८) मेट्रो अपार्टमेन्ट, कुलेश्वर
१९) प्रस्टिज अपार्टमेन्ट, चन्डोल
२०) रिआर्टलेट अपार्टमेन्ट, विजेश्वरी
२१) सिल्भर सिटी अपार्टमेन्ट, कालिकास्थान
२२) सिल्भर सिटी अपार्टमेन्ट, कालिकास्थान
२३) सनसिटी अपार्टमेन्ट–१, गोठाटार
२४) सनसिटी अपार्टमेन्ट–२, गोठाटार
२५) सनराइज सिटी होम्स, बिजुलीबजार
२६) सनसाइन अपार्टमेन्ट, सुकेधार

२७) वोइस्टार प्रोपर्टी–१, बालकुमारी
२८) वोइस्टार प्रोपर्टी–२, बालकुमारी
२९) वोइस्टार प्रोपर्टी–३, बालकुमारी
३०) ग्रान्डी टावर–१, टोखा
३१) ग्राण्डी टावर–२, टोखा
३२) रिओ अपार्टमेन्ट, जावलाखेल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७