एम्बापेले विश्वकपभर लुकाएको ‘गोप्य’ कुरा यसरी खुलाए


१० श्रावण २०७५, बिहीबार
FIFA 1

काठमाडौं, १० साउन । विश्वकपको सेमिफाइनल र फाइनल खेलेका फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले विश्वकपभर लुकाएर राखेको आफ्नो व्यक्तिगत समस्या खुलाएका छन् । FIFA 1

उनले विपक्षीको मनोबल उच्च हुन नदिन विश्वकपभर यो कुरा लुकाएको बताएका छन् । उनले आफू घाइते अवस्थामै भए पनि विश्वकपमा खेलेको खुलासा गरेका छन् । स्ट्राइकर एम्बाप्पेले बेल्जियमविरुद्धको सेमिफाइनल भन्दा तीन दिनअघि तीन वटा करङमा समस्या आए पनि आफूले विश्वकपका खेललाई निरन्तरता दिएको फ्रान्सको एक सञ्चारमाध्यमलाई बताएका छन् । फाइनलमा उनको टोलीले क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

‘खेल अवधिभर प्रतिद्वन्द्वीलाई यो कुरा जानकारी दिनु उचित हुँदैन थियो । उनीहरूले थाहा पाएको भए चोटग्रस्ट ठाउँलाई केन्द्रित गरेर फाइदा उठाउने थिए,’ फाइनलमा एकसहित प्रतियोगिता अवधिभर चार गोल गरेका एम्बाप्पेले भने, ‘त्यसैले चोटको विषय टिम सदस्य र खेलाडीबीचमै सीमित बनायौं । बाहिर ल्याएनौं । फाइलनमा पनि गुपचुप नै राख्यौं ।’

१९ वर्षे एमबाप्पे प्रतियोगिताको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । उनी विश्वकप इतिहासमा ब्राजिलका पेलेपछि एकै खेलमा दुई गोल गर्ने पहिलो किशोर खेलाडी बनेका थिए । साथै एमबाप्पे फाइनल खेलमा गोल गर्ने पहिलो किशोर बनेका छन् । फेन्च लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्ने एमबाप्पेले अन्तरवार्तामा गोल्डेन बलका लागि आफू नेइमार, क्रिस्टियानो रोनाल्डो, लुका मोडरिच र राफायल भरानजत्तिकै हकदार भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७