पैसाका लागि आफ्नै भाइले बेच्थे सनी लियोनीको ‘न्यूड’ फोटो


१० श्रावण २०७५, बिहीबार
sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

काठमाडौं, १० साउन । आफ्नै दिदीको नग्न (न्यूड) फोटो कोही भाइले बेचेर पैसा कमाउँछ ? फोटो बेचेर पैसा कमाउनु त होइन, आफ्नो दिदीको न्यूड फोटो फेला मात्र पर्नु नै एउटा भाइका लागि दुर्भाग्यको कुरा हो ।sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

तर, पोर्न संसार हुँदै भारतीय फिल्मी क्षेत्रमा प्रवेश गरेकी नायिका सन्नी लियोनीको न्यूड फोटो भने उनको आफ्नै भाइ सन्दिपका लागि भने कमाइको माध्यम बन्ने गरेको थियो । सन्नी लियोनीको वायोपिकले सन्नीको जीवनसम्बन्धी यो प्रसङ्गलाई पनि उठान गरेको छ ।
बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला आफ्नो बायोपिक ‘करणजित कौर’ का कारण चर्चामा छिन् । यो वेब सिरिजका रुपमा आएको यो बायोपिकले उनको जीवनका धेरै रहस्यहरु उद्घाटित गरिदिएको छ । गाउँकी एउटी सोझी केटी करणजित अश्लिल चलचित्रकी नायिका सन्नी लियोनी कसरी बनिन् भन्ने फिल्मले उजागर गरेको छ ।

करणजितदेखि सन्नी लियोनीसम्मको यात्रामा एव्म महत्वपूर्ण पात्र हुन् उनका भाइ सन्दिप । ‘सन्नी लियोनी’ भनेर नामाकरण उनैले गरेका रहेछन् । हाल उनी अमेरिकामा कुकको काम गरिरहेका छन् । सन्नीले सन् २०१३ मा पेन्टाहाउसमा ‘पेट अफ द इयर’ को उपाधि जितेपछि अमेरिकामा उनको फ्यान फलोइङ ह्वात्तै बढेको थियो । फ्यानहरु उनको अटोग्राफ लिन र तस्वीर संकलन गर्न आतुर थिए ।
तर धेरैको पहुँच थिएन । यस्तोमा सन्दिपले आफ्नी दिदीको अर्धनग्न र नग्न फोटोमा अटोग्राफ लिएर साथीभाईहरुमार्फत बजारमा बेच्ने गरेका थिए । उनी एउटा फोटोबाट ४०–५० डलरसम्म कमाउँथे ।

सन्नीले पहिलो पटक न्यूड फोटोसेसन गराउँदा सन्दिप त्यहाँ उपस्थित थिए । दिदीको यस कार्यमा उनले कुनै आपत्ति जनाएनन् बरु साथ दिए । पेन्टहाउस म्यागजीनका लागि सो फोटोसेसन भएको थियो । त्यतिबेला सन्नीको नाम करणजित नै थियो । निर्देशकले फोटोअनुसार नाम नसुहाएको भन्दै बदल्न सुझाव दिए । र, सन्दिपले नै सन्नी लियोनी नाम सुझाए । एक प्रख्यात इटालियन निर्देशक सर्जियो लियोनीको थर उनले दिदीका लागि प्रयोग गरेका थिए । यो नाम सन्नीलाई निकै फाप्यो र उनी पोर्न इन्डष्ट्रीमा चर्चित बनिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७