सम्बन्धविच्छेद गरेकी श्रीमतीसँगै विवाह गर्दै ऋतिक रोशन


११ श्रावण २०७५, शुक्रबार
709281 hrithik roshan

काठमाडौं, ११ साउन । फिल्मी जगतमा ‘सम्बन्ध जुट्नु र फुट्नु’ लाई सामान्य भनिने गरिन्छ । तर, यो भनाई वैवाहिक जीवनभन्दा अगाडिको सन्दर्भमा प्रयोग गरिने गरिन्छ । विवाह, गृहस्थी अनि सम्बन्धविच्छेदपछि फेरि दोस्रो पटक फेरि बिहे, यो भने निकै दुलर्भ घटना हो । 709281 hrithik roshan

तर, यहि दुर्लभ घटना बलिउड स्टार ऋतिक रोशनले दोहोर्‍याउँदै छन् । सम्बन्धविच्छेदपछि पनि सँधै नजिक रहँदै आएका ऋतिक रोशन र पूर्व पत्नी सुजैन खान सम्बन्धविच्छेदको ४ वर्षपछि फेरि एक आपसलाई स्वीकार्ने मोडमा आएका छन् । उनीहरुले एक अर्काबाट टाढा भएको चार वर्षपछि फेरि दोस्रो पटक विवाह गर्न लागेको खबर भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसबीचमा उनीहरु सँधै भेटघाट, सामुहिक पार्टीहरुमा सँगै हुने गरेका थिए । तर, टुटेको यो सम्बन्धलाई फेरि दोहोर्‍याउने उनीहरुको यो खबरले यतिबेला बलिउड गर्माएको छ । उनीहरु सन् २००० मा विवाह बन्धनमा बाँधिएका थिए । विचार नमिलेको भन्दै आपसी सम्झदारीमा यी जोडीले विवाह गरेको १४ वर्षपछि अलग भएका थिए । दुई छोराका आमा– बुबा ऋतिक र सुजैनले पुनः विवाह गर्ने हुन् कि हल्ला मात्रै त्यो त हेर्न बाँकी नै छ ।

सम्बन्धविच्छेदपछि पनि यो जोडी प्रायः सँगै देखिदै आएका उनीहरुले सन्तानका खुशीका लागि यो निर्णयमा पुगेको बताउँदै आएका छन् । दुवै जनाबीच पारिवारिक सम्बन्ध राम्रो भएकाले पुनः विवाह नहोला भन्न सकिन्न । विवाह हुनसक्ने आधार यी जोडीका २ सन्तान पनि हुन् । तर, यो जोडीले आफ्नो लगानीमा बन्ने फिल्मको प्रचारका लागि पनि विवाहको हल्ला चलाएको हुनसक्ने जनाइएको छ । यी जोडी संयुक्त लगानीमा ‘सुपर ३०’ फिल्म निर्माण हुँदैछ । यसको रिलिज मिति जनवारीमा तोकिसकिएको छ । प्रोपोगण्डा फैलाउने कलाकारहरु खप्पिस हुने आरोपलाई यिनीहरुको कदमले सही ठहर्‍याउँला कि गलत त्यो भने आउँदा दिनहरुले नै देखाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७