प्रियंकाले अमेरिकन गायक निकसँग विहे गर्ने निश्चित


११ श्रावण २०७५, शुक्रबार
Priynak

एजेन्सी , ११ साउन बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी छिन् । ‘भारत’का निर्देशक अली अब्बास जफरले यो खबरको पुष्टि गरेका छन् । अलीले ट्विटर मार्फत लेखेका छन्–‘हो, अब प्रियंका भारतको हिस्सा रहने छैनन् । यसको कारण निकै स्पेशल छ, उनको लागि हामी पनि निकै खुशी छौँ । ’

Priynak

‘भारत’ मार्फत सलमान र प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने खबरले उनीहरुका फ्यान निकै उत्साहित थिए । तर, स्पेशल कारण देखाउँदै प्रियंकाले ‘भारत’मा अभिनय नगर्ने भएकी हुन् ।पछिल्लो समय हलिउडमा रमाइरहेकी प्रियंका ‘भारत’ मार्फत २ वर्षपछि बलिउडमा फर्किने भएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रियंकाले प्रेमी निकसँग विहे गर्ने तयारीका कारण फिल्म छोडेकी हुन् । प्रियंका र अमेरिकन गायक निक केही समय देखि प्रेम सम्बन्धमा रहेका छन् ।

फिल्म ‘भारत’ अहिले फ्लोरमा रहेको छ । फिल्ममा सलमानसँगै दिशा पटानी, तब्बूलाई पनि देख्न सकिने छ । यद्यपी प्रियंकाको भूमिका अब कसलाई मिल्छ भन्ने निश्चित भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७