गगन थापाविरुद्ध नेपाल स्टुडेन्ट युनियनको आन्दोलन घोषणा


१४ श्रावण २०७५, सोमबार

काठमाडौं १४ साउन । पूर्व स्वास्थ्यमन्त्री एवम् सांसद गगन थापा र मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको माग गर्दै नेपाल स्टुडेन्ड युनियन बङगलादेशले आन्दोलनको कार्य तालिका सार्वजनिक गरेको छ ।

gagan thapa

थापाले चीन, बङगलादेश र फिलिपिन्समा एमबीबीएस् अध्ययन गर्न गएका नेपाली विद्याथीहरुले सर्टिफिकेट किन्ने गरेको थापाले बताएका थिए । थापाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको हो ।

युनियनले निकालेको प्रेसविज्ञप्तीमा जिम्मेवार व्यक्तिको यस्तो अभिव्यक्तिले विद्यार्थी र अभिभावकमा आघात पु¥याएको भनी उल्लेख गरेको छ । युनियनले थापाले दिएका अभिव्यक्तिको स्पाटिकरण समेत मागेका छन् । त्यस्तै दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिले नेपाली चेलीलाई बदनाम गरेको भन्दै प्रसाई माथि कानुन बमोजिमको कारबाहीको माग गरेका छन् ।

आन्दोलित विद्यार्थी युनियनले सोमवार ढाकामा रहेको नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम र १८ गते दूतावासमा १२ बजेदेखि धर्ना दिने प्रेस विज्ञप्ति मार्फत आन्दोलनको कार्य तालिका सार्वजनिक गरेको छ ।

Capture 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७