आफैले बनाएको राजमार्गमा रघु


१६ श्रावण २०७५, बुधबार
Raghunath Puri1

गौशला चोकको चर्को भीडभाड र हो हल्ला छिचोलेपछि पुगिन्छ, नजिकैको सूर्य विक्रम ज्ञवाली मार्ग । यही मार्गमा छ, एउटा पाँच तले भव्य कम्पलेक्स । कम्पलेक्समा लेखिएको छ, ‘द रिभर ओभरसिज प्रा. लि’ । भित्र छिरेर यसको बनोट र व्यावस्थापन गर्दा यस्तो लाग्छ, ‘यो कुनै पश्चिमा देशको कर्पोरेट हाउस हो ।’ करोडमाथिको भवन । दर्जनौं कर्मचारी । व्यावस्थित संरचना । पाँचौ तलमा घुम्ने कुर्सीमा बसिरहेका द रिभर ओभरसिज प्रा.लिका अध्यक्ष रघुनाथ पुरी करोडका मालिक हुन् । उनको अहिलेको जीवन हेर्दा जो कोहीलाई लाग्छ, भव्य लाग्छ । ‘आहा !’ मात्रै होइन डाहा पनि लाग्न सक्छ । तर, अहिलेको रघुनाथ व्यक्तिलाई होइन उनको संघर्षलाई सम्झिदिए अर्थात् थाहा पाउने जो कसैले भन्छ, ‘आहा, प्रेरणादायी जीन्दगी ।’ उनीप्रति सम्मान जाग्छ ।

आज भव्य कम्पलेक्समा बसिरहेका अर्बका मालिक रघु कुनै बेला साहुले बनाएको तमसुकमा दायाँबायाँ ल्याप्चे ठोकेर ६० हजार ऋण लिएर साउदी अरब हान्निएका थिए । तीन वर्षसम्म रेष्टुरेन्टका वेटरको काम गरे । करिब तीन वर्षमा तीन लाख कमाएर फर्किए । तर, तीन वर्षमा उनलाई साउदी सिकाईको अनुभव र ज्ञान भने अरबौंको थियो । उनलाई साउदीलाई के सिकाएन ? सबथोक सिकायो । तीन साता अघि आफ्नै कार्यालयमा मुस्कुराएर भने,‘दुःख के हो ? संघर्ष के हो ? समयको महत्व कस्तो हुन्छ ? यी सबै सिके ।’ साउदी अरबले उनलाई केवल पीडा मात्रै दिएन । जीन्दगी बाँच्ने कला पनि सिकायो ।

हो, त्यही सिकाई बोकेर करिब करिब २० वर्ष अघि साउदीबाट फर्केका रघु अहिले ‘द रिभर ओभरसिज प्रा. लि’ मात्रै होइन धेरै कम्पनीका मालिक छन् । महान् खेलाडी रकी बाल्बोवाले भनेका छन्, ‘तिमिले कति प्रहार गर्न सक्छौं, त्यो ठुला कुरा होइन । तिमिले प्रहार खाएर पनि अगाडी बढ्न सक्छौं, त्यो ठुला कुरा हो ।’ हो, उनले अनेकौं अप्ठ्यारो खेपेर अहिले यहाँसम्म आइपुगेका छन् । भन्छन्,‘हामी जस्तो भूईबाट उठेकाहरुलाई सजिलो कहाँ छ र ? अनेकौ अबरोध, समस्या र पीडा सहेर यहाँसम्म आइपुगेको हुँ ।’

Raghunath Puri1

लाहुरेको छोरो लाहुरबाटै फर्किए
रघु भारतको आसाममा जन्मिए । बुवा भारतीय गोर्खा सैनिक । आसाम राइफलमा कार्यरत थिए । तर, बुवाले जागिर छोडेपछि उनीहरु पूर्वको मोरङको दर्बेसा होक्लाबारीमा आए । बाल्यकाल समान्य थियो । बुवाआमा खेतीपातीमा । स्कुलबाट बचेको समय बुवाआमालाई सघाउँनुपथ्र्यो । केही वर्षपछि नै उनीहरु दर्बेसाबाट मोरङकै डाँगीहाट सरे । उनले त्यहीको विद्यालयबाट २०५१ सालमा एसएलसी पाश गरे । स्कुलमा छदा उनको गहिरो रुची फुटबलमा थियो । पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगितासम्म पुगेर उनी खेले ।

बुवा आसाम राइफलका सैनिक अर्थात् लाहुरे । त्यतिखेर समाजमा लाहुरेप्रतिको गहिरो आकर्षण थियो । युवाहरुको प्रिय सपना नै हुन्थ्यो, लाहुर र लाहुरे । लाहुरेको छोरालाई लाहुर सपनाले सपनाले नतान्ने कुरै भएन । तान्यो । साथीहरुसँग भारतीय गोर्खा सैनिकका लागि गल्ला भिड्न गए । पाश पनि भए । तर, पाश भएर सेवा सुबिधा सबै बिषयमा बुझीसकेपछि उनको सोच बदलियो । एक्कासी नजाने निर्णय गरे । किन त ? ‘खोई, अन्तिममा जानै मन लागेन’ उनले सुनाए,‘खास कारण भन्दा पनि त्यतिकै मन मर्यो, सायद संयोग थियो होला ।’ लाहुरको आधाबाटोबाट फर्किए । दमकमा प्रविणता प्रमाणपत्र तहसम्म अध्यायन गरे ।

६० हजार ऋण लिएर साउदी
विदेश त्यो पनि अरब कुनै पनि नेपालीको रहर होइन । रोजाई र खुसी होइन । बाध्यता हो । अनेक बाध्यताले ठेलिएर, पेलिएर नेपाली युवाहरुले अरब रोज्छन् । साउदी अरब रघुको पनि रहर थिएन । रोजाई थिएन । हुने त्यस्तो बाबुका छोरा थिएनन्, जुन बुवासँग टन्न पैसा होस् । सामान्य किसानका छोरा थिए । उनी आफ्ना बुवाआमाका दुःखका साक्षी मात्रै थिएनन् । सपना पनि थिए । ‘पैसा कमाउनुपर्छ’ भनेर मनमा हुटहुटी थियो । तर, कसरी कमाउने त पैसा ? नेपालमा त्यस्तो कुनै आधार थिएन । रुघुमा सपना थियो, उर्जा र उत्कुसकता थियो तर टेक्ने बलियो त्यस्तो जमिन थिएन । रुजवेल्ट भन्छन्,‘आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पैतालाले जमिन टेक ।’ पैसा कमाउने सपना देखेर मात्रै हुदैन थियो । रुजवेल्टले भने जस्तै आफ्नै पैतालाले जमिन टेक्नुथियो । अर्थात् आफ्नो जमिन जुन हो, त्यही टेकेर उभिनु थियो । त्यही भएर उनले रोजे, ‘साउदी अरब ।’

बुवाआमा गाउँका सामान्य किसान । दुई छाक खान त समस्या थिएन । तर, एकैचोटी ६० हजार जुटाउन गाह्रो बिषय थियो । अरुहरुले जस्तै रघुले पनि ६० हजार ऋण खोजे । पैसा कमाउने सपनाले साहुको तमसुकमा ठोके ल्याप्चे । र, मोरङदेखि साउदीको सपना बोकेर काठमाडौं आए । त्यतिबेला साउदीको प्रक्रिया पनि निकै लामो थियो । दिल्ली मार्फत भिसा लगाउनुपथ्र्यो । करिब वर्षदिनपछि उनको भीसा आयो । साहुको ६० हजार ऋण लिएर साउदी उड्दै गर्दा उनी २१ वर्षको मात्रै थिए ।

२१ वर्षको उमेर ‘प्लस टु’ उमेर हो । ‘प्लस टु’ उमेर अर्थात् रमाइलो गर्ने, घुम्ने र सिक्ने उमेरमा उनी बढो गहुँगो सपना बोकेर साउदी अरब उड्दै थिए । साहुको ऋण लिएर ठुलो प्लेन चढेर साउदी अरब उड्दै गर्दा अनेक रङ्गिन सपना देखेका थिए । उनले सम्झिए,‘पैसा कमाएर सुन्दर भबिष्य बनाउने सपना बोकेर उड्दै गर्दा खुसी नै थिए । पहिलो पटक ठुलो प्लेनमा चढेर उडीरहदा देखेका धेरै सपनाहरु आज पुरा भएको छ ।’ हरेक महिना १० हजारभन्दा बढी नेपाली युवाहरुलाई वैदेशिक रोजगारीका लागि पठाइरहेका रघु पुरानो दिन सम्झेर निकै रोमाञ्चित बने । भने, ‘ती दिनहरु मेरा लागि साच्चै महत्वपूर्ण थिए । त्यही दिनहरुको जगमा आज यहाँ उभिएको छु ।’

साउदीकोे सिकाईले खनेको मुलबाटो
समुन्द्र पारीको देश अर्थात् साउदी अरब । २१ को उमेरमा देश छोडेर बिरानो देशमा काम गर्नु सजिलो थिएन । वेटरको काममा खटाइयो उनलाई । उनले काम गर्ने रेष्टुरेन्टमा ठुला–ठुला भिल्लाहरु थिए । त्यही भिल्लाभित्र वेटरको काम गर्नुपर्ने भयो । उनले काम गर्ने ठाउँमा अधिकांस विदेशी कामदारहरु थिए । श्रीलंका, भारत, फिलिपिन्स लगायतका देशका कामदार थिए । तलब मासिक करिब ९ सय रियल । उनले साहुको ऋण ६० हजार ६ महिनामा नै तिरे ।

करिब डेढ वर्षमा उनी पहिलो छुट्टीमा नेपाल आए । पहिलो छुट्टीमा नेपाल आउदा उनीसँग करिब डेढ लाख जति पैसा थियो । फेरि साउदी फर्किए । पहिलो छुट्टीमा घर आउदाको रमाईलो दिन सम्झिदा उनी अहिले पनि रोमाञ्चि बन्छन् । भन्छन्,‘साहुको ऋण चुक्ता गरेर केही पैसा समेत बोकेर काठमाडौं अवतरण गर्दै गर्दा खुसी बाहेक अरु के हुन्छ र ?’
तीन वर्षपछि उनी साउदीलाई बाई बाई गरेर नेपाल फर्किए । त्यतिला उनीसँग करिब तीन लाख पैसा थियो । उमेर २४ वर्ष । तर, उनीसँग अनुभव धेरै थियो । उनले सुनाए, ‘साउदी अरबको तीन वर्ष मेरो लागि निकै महत्वपूर्ण भयो । त्यही तीन वर्षे सिकाई र अनुभवले आजको बाटो मैल तय गर्न सकेँ भन्ने लाग्छ ।’

तीन लाखले गौशलाको रेष्टुरेन्ट

Ragu Puri 2
साउदी अरबमा कमाएको पैसा उनले घरमा दिएनन् । किनभने उनका संघर्ष र सपना सकिएको थिएन, भर्खरै सुरु भएको थियो । देशमै केही गर्छु भन्ने संकल्प बोकेर फर्किएका थिए रघु । त्यही तीन लाख लगानी गरेर उनले काठमाडौंको गौशालामा रेष्टुरेन्ट खोले । त्यो रेन्टुरेन्टबाट फाइदा त भयो नै त्यसले नयाँ बाटो पनि खोलीदियो । म्यानपावर क्षेत्रमा काम गर्नेहरुको लागि गौशला निकै ओहोदोहोर गर्ने ठाउँ हो । उनको रेष्टुरेन्टमा पनि म्यानपावर क्षेत्रमा काम गर्नेहरुको जमघट हुन थाल्यो ।

एजेन्टदेखि सञ्चालकसम्म उनको रेष्टुरेन्टमा भेला हुन्थ्यो । उनको सम्पर्क र चिनजान बढ्यो । उनले रेष्टुरेन्ट व्यावसायसँगै म्यानपावरमा काम पनि गर्ने सुरु गरे । पूर्वतिरबाट विदेश जानका लागि काठमाडौं आउनेहरुको सम्पर्क सुत्रधार भए । म्यानपावर कम्पनीहरुमा उनले लगीदिन्थ्थे । त्यस बापत उनले पैसा पनि पाउन थाले । भने,‘खासगरी पूर्वतिरका धेरै साथीभाई म सँग ठोक्किन आइपुग्नुहुन्थ्यो । उहाँहरुलाई बिभिन्न म्यानपावरमा सिफारिस गरे । यसो हुँदा हुदै म्यान पावर सम्बन्धी गहिरो ज्ञान भयो ।’ त्यही सम्पर्क, सम्बन्ध र सहकार्यले उनले म्यानपावरको यात्र सुरु गरे ।

रघुले गौशलामा रेष्टुरेन्ट चलाउँदा चलाउँदै म्यानपावर क्षेत्रको गहिरो ज्ञान बटुले । यस क्षेत्रसँग सम्बन्धित मान्छेहरु चिने । प्रक्रिया बुझे । यति भएपछि उनले सोचे, ‘अब म्यानपावर कम्पनी किन नचालाउने त ?’ दुई वर्ष रेष्टुरेन्ट चलाएर म्यानपावर व्यवसायतिर लागे । चार जना मिलेर म्यानपावर खोले ।

त्यतिबेला म्यानवार दर्ता गर्नका लागि ५ लाख धरौटी राख्नु पथ्र्यो । उनीहरुले तीन लाख क्यास धरौटी राखे । बाँकी चहिँ ५० हजारको जग्गा धादिङतिर किने । त्यसलाई मूल्याङ्कन गराएर प्रक्रिया पुरा गरे । नदी जस्तै निरन्तर बग्ने कम्पनी होस् भनेर उनीहरुले नाम रोजे, ‘द रिभर ओभरसिज’ । रघुले म्यानेजिङ डाइरेक्टरको भूमिका सम्हाले । सुरुमा उनीहरुले कुवेत पठाए । कुवेतबाट भएको उनीहरुको यात्रा साउदी, कतार, दुबई, मलेयिसा हुदै सबै खाडी राष्ट्रसम्म पुग्यो ।

सधैं अप्ठ्यारो, सधैं चुनौती
म्यानपावर व्यवसाय बाहिरबाट जति सजिलो देखिन्छ । भित्र त्यति सजिलो छैन । पाइला पाइलामा अनेकौ समस्या र अप्ठ्यारो आइलाग्छ । रघुलाई पनि सजिलो भएन । पाइला–पाइलामा अप्ठ्यारो आइलाग्यो । धम्की र अबरोध त कति हो कति ? कहिले गुन्डाको धम्की, कहिले प्रशासन र प्रहरीको अबरोध । तर, ती समस्याहरुले उनी कति पनि डराएनन् ।
२१ वर्षकै उमेरमा साउदी अरबमा कष्टसाध्य संघर्ष गरेर फर्किएका रघुलाई देशभित्रको धम्की र अबरोधले उतिधेरै छोएन । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान इमरान खान जो पास्कितानकै प्रधानमन्त्री बन्ने तयारीमा छन् । उनले अन्तरवार्तामा भनेका थिए, ‘तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रा सपनासँग कहिल्यै सम्झौता नगर ।’

रघुले पनि आफ्नो सपनाको लागि सम्झौता गरे तर सपनासँग कहिल्यै सम्झौता गरेनन् । भन्छन्,‘समस्यासँग भागेको वा अबरोधसँग डराएको भए म यो क्षेत्रबाट पहिल्यै विस्थापित भइसक्ने थिए । तर, मैले सबै काम इमानदारिताको साथ गरेँ । इमानदारिताको साथ काम गरेपछि नाजायज धम्की र अबरोधसँग डराइँन ।’

७० हजार नेपालीका सपनाका सहयात्री

Ragu Puri
कुनै दिन रघु ६० हजार ऋण काँढेर मिठो सपना बोकेर साउदी गएका थिए । रघु जस्तै मिठो सपना देखेर विदेश जाने क्रम आजसम्म रोकिएको छैन । उनले जस्तै विदेश गएर नेपाली युवाहरुले आफ्नो सपना धेरथोर पुरा गरिरहेका छन् । १५ बर्ष यता उनी करिब ७० हजार युवाहरुको सपनाको सहयात्री बनेका छन् । अर्थात् उनले १५ वर्ष यता ७० हजार युवाहरुलाई बिभिन्न देश रोजगाारीका लागि उडाएका छन् । देशभित्र करिब दुई सयलाई रोजगारी दिएका छन् ।
म्यान पावर कम्पनीहरुले पाइलैपिच्छे ठगेका उजुरीहरु पढ्न पाइन्छ । कामदारलाई बिचल्ली पारेका तथ्यहरु पनि भेटिन्छन् । तर, १५ बर्षको बीचमा ७० हजार मान्छे पठाएको रघुको म्यानपावरमा जम्मा १ सय १५ जनाको मात्रै उजुरी परेको छ । ती मध्ये पनि अधिकांस विदेशमा पुगेपछि मेडिकल समस्या भएर फर्किएका हुन् ।

ती उजुरी सबै बैदेशिक रोजगार विभागबाट फस्र्यौट भइसकेका छन् । उनले भने, ‘विगत ३ बर्षमा जम्मा २ वटा उजुरी परेकोमा त्यो पनि फस्र्योट भइसकेको छ ।’  विगत १० बर्षको बीचमा उनले पठाएका कामदारबाट देशमा सबा २ अर्ब रेमिट्यान्स भित्रिसकेको उनको अनुमान छ । भन्छन्, ‘बार्षिक २५ करोड रेमिट्यान्स त मैले पठाएका कामदारबाट देशमा भित्रिरहेको छ ।’

म्यानपावरका ‘पावर’
रघु म्यानवापर क्षेत्रका पनि असल संरक्षक हुन् । यो क्षेत्रका व्यवसायीहरुलाई आइपर्ने समस्या र अबरोधमा उनले सधै साथ दिएका छन् । भन्छन्, ‘श्रमिकहरुलाई ठग्ने व्यवसायीहरुलाई हामी कहिल्यै साथ दिदैनौं । तर, असल व्यवसायीहरुको समस्यामा हामी साथ छौं ।’ सांसद एंव वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एलपि साँवा लिम्बु रघु यो क्षेत्रको असल अभिभावक पनि भएको बताउँछन् । भन्छन्,‘रघु असल म्यानपावर व्यवसायीहरुको ‘पावर’ अर्थात् सामथ्र्य हुन् ।’

देशको अर्थतन्त्रको आधार किन बदनाम ?
त्यसो त कुनै पनि त्यस्तो क्षेत्र जहाँ समस्या नहोस्, कुनै पनि मान्छे त्यस्तो छैनन्, दुःख र गुनासो नहोस् । भव्य कर्पोरेट हाउसको घुम्ने कुर्सीमा बसिरहेका रघुको पनि उस्तै गुनासो र दुःख छ । भने,‘हामी कहाँ गरीखान पनि गाह्रो छ, गरेर खादा झनै गाह्रो छ ।’ रघु संसारका धेरैजसो मुलुकहरु घुमेका छन् । त्यहाँको समाज, शासन, मिडिया बुझेका छन् । ती देशहरुमा सबै सकरात्मक छ । वाताबरण छ । भन्छन्, ‘तर, हामी कहाँ समाज अरुले राम्रो गरेको अनुशरण गर्ने होइन डाहा गरेर अबरोध गर्ने बढी छन् जस्तो लाग्छ ।’

आफूले गर्दै नगरेको कामहरु गर्यो भनेर प्रोपोगान्डाको रुपमा बाहिर ल्याइदा चहिँ उनलाई दिक्क लाग्छ । भन्छन्,‘सधैं इमानदारिताको साथ काम गरेको छु । इमानदारिताको साथ काम गर्दा कहिले कसैको तुच्छ स्वार्थमा ठेस पुग्छ होला । त्यही प्रतिशोधले नगरेको काम गरिस् भनेर आरोप लगाउँदा दुःख लाग्छ ।’ यसक्रममा उनले गुन्डाहरुको धम्की र आक्रमण, प्रहरीको छापा, प्रशासनको छापा बेहोर्नु परेको छ । भन्छन्,‘विना दोष अनेक कारण देखाएर दुःख पनि पाइयो ।’

भनिन्छ, ‘मान्छेको परिचय र पहिचान उसको कर्मको आधारमा बन्छ ।’ मान्छेले कसैलाई हेर्ने आफ्नो धारणा की आफैले भोगेर बनाउँछन्, की पढेर वा कसैबाट थाहा पाएर । कुनै क्षेत्र वा पेशा व्यवसायको पहिचान त्यो क्षेत्रले दिने सेवा अथवा उपलब्धीको जगमा बन्छ । राम्रो उपलब्धी दियो, राम्रै बन्छ । नराम्रो नतिजा दियो, खराब पहिचान बन्छ । तर, हामी कहाँ उपलब्धी हिसाबले उत्कृष्ट नजिता दिइरहे पनि खराब पहिचान बनाएको व्यवसाय हो,‘म्यान पावर व्यवसाय ।’  आम मान्छेको दिल दिमागमा म्यान पावर व्यवसायको यस्तो खराब बिम्ब बनेको छ, की ‘म्यान पावर व्यवसायले मान्छेलाई ठग्छ । दुःख दिन्छ ।’ म्यानपावर व्यवसायकै खराब बिम्ब बनेपछि म्यान पावर व्यवसायीलाई पनि त्यही आँखाबाट हेरिनु स्वाभाविक हो ।

नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको हो । रेमिट्यान्समा पनि सबैभन्दा श्रमिक नेपालीहरुबाटै आउने गर्छ । तर, तिनै कामदाहरु पठाउने व्यवसायीहरुलाई राज्यले सधैं कर्के नजरले हेरिनु दुःखत भएको बताउँछन् । रिपोर्ट अनुसार बर्से्नि करिब १० खर्ब रुपैयाँका सामान तथा सेवा विदेशबाट पैठारी गर्ने नेपालले रेमिट्यान्सबाट सात खर्ब मात्रै भित्र्याउँछ । विश्व बैंकको रिपोर्टअनुसार नेपालको जीडीपीमा रेमिट्यान्सको योगदान ३१ दशमलव तीन प्रतिशत छ । सन् २०१६मा नेपालको जीडीपीको आकार २१ दशमलव एक खर्ब थियो । त्यसमध्ये एकतिहाइ हिस्सा रेमिट्यान्सको छ ।

यसरी नेपालको अर्थतन्त्रको सबैभन्दा बलियो पाटो वैदेसिक रोजगारलाई सबैले गलत हिसाबले हेरिनु गलत हुने उनको भनाई छ । आवश्यक नीति, नियम र संरचना गरेर व्यवस्थीत गरिनुपर्ने उनको भनाई । झोलामा कार्यालय बोकेर हिड्ने टापपिटे व्यवसायीहरुको कारण पनि यो क्षेत्र बदनाम बनेनको उनको भनाई छ । भन्छन्, ‘हामी सधैं यही क्षेत्रमा छौं, तर यसो वर्खाको भेलमा माछा मार्न आउनेहरुले कहिलेकाही बदनाम बनाएको छ ।’

आफैले बनाएको राजमार्गमा रघु
हामी कहाँको सबै क्षेत्रमा ‘लिगेसी’ अर्थात् कसैले बनाएको बाटोमा हिड्नेहरु छन् । तर, रघु पूर्खाले अथवा कसैले बनाइदिएको बाटोबाट सफल भएका होइनन् । रघु पिताजीको बायोडाटा अथवा पैसा वा कसैको सहयोगले यहाँसम्म आएका पनि होइनन् । उनले अनेक अप्ठ्यारो सहेर आफैले बाटो बनाए । भन्छन्,‘अनेक समस्या, अबरोध र अभावसँ आफ्नै बलले लडे ।’

संवादका अन्तमा हामीले उनलाई सोध्यौं,‘फर्केर हेर्नुहोस् त सफलताको शुत्र के रहेछ ?’ ‘इमानदारिता, समपर्ण र सहास हो’ मुस्कुराएँ र भने, ‘आफ्नो कामप्रति इमानदार बन्नुपर्छ, पेशाप्रति इमानदार बन्नुपर्छ, जतिसुकै अबरोधलाई पनि इमानदारिताले जितिन्छि । अर्को कामप्रतिको समपर्ण हुनुपर्छ । र, सहास पनि । समस्यादेखि भाग्नु हुदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७