विश्व फुटवलका महँगा नेइमार चीनमा, किन आए चीन ?


१७ श्रावण २०७५, बिहीबार
800 600 24K6FAW 1501849934

काठमाडौं, १७ साउन । सिङ्गगापुर गएका पेरि सेन्ट जर्मेन (पीएसजी) का नेइमार त्यता–त्यतै चीन आइपुगेका छन् । प्रि–सिजन टुरमा निस्किएको पेरि सेन्ट जर्मेन (पीएसजी) को टोलीसँगै सिङ्गापुर पुगेका नेइमार सुटुक्क चीन आएका हुन् ।800 600 24K6FAW 1501849934

उनले सिंगापुरमा रहँदा आर्सनल, बार्यनम्युनिख र एथलेटिको मड्रिडविरुद्ध खेली सकेका छन् । उनी अब मोनकाविरुद्धको खेल्नका लागि चीन आएका हुन् । विश्व फुटबलका महँगा ब्राजिलियन स्टार नेइमार जुनियर, क्याप्टेन थियागो सिल्भा, डिफेन्डर मार्किन्योसलगायतका पहिलो रोजाइका खेलाडी चीन पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सिङ्गापुर यात्रामा प्रशिक्षक टुचेलले दोस्रो रोजाइका खेलाडीलाई मैदानमा उतारेका थिए । तर चीन यात्रामा भने नेइमारसहितका पहिलो रोजाइका खेलाडीलाई बोलाएका छन् । नेइमार सम्मिलित पिएसजीले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफीको लागि खेल्ने छ । जुन नयाँ प्रशिक्षक थोमस टुचेलका लागि पहिलो आधिकारिक खेल हुनेछ । च्याम्पियन्स ट्रफीका लागि नेइमार पनि टिमसँगै हुने प्रशिक्षक थोमस टचेलले पुष्टि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७