‘अशोकको घर निर्माणका लागि २० लाख सहयोग आयो’ (भिडियोसहित)


१८ श्रावण २०७५, शुक्रबार
Tannka ad ashok


काठमाडौं, १८ साउन । संगीतकार टंक बुढाथोकीले युट्युबमा भाइरल बनेको अशोक दर्जीको घर निर्माणको लागि आएको सहयोग रकम सार्वजनिक गरेका छन् । केही समयदेखि विवादमा तानिएका टंकले बिहिबार एक भिडियो सार्वजनिक गर्दे घर निर्माण लागि आएको रकम सार्वजनिक गरेका हुन् ।

Tannka ad ashok

अशोक दर्जी विवाद : ‘अशोकले राम्रा संरक्षक पाएनन्’

पछिल्लो समय अशोक दर्जीको म्युजिक निर्माण गरिदिएपछि चर्चामा आएका टंक अशोककै कारण विवादमा तानिएका छन् । उनी माथि अशोकलाई असल अभिभावकत्व दिन नसकेको आरोप लागेको छ । भने फाइदाका लागि मात्र अशोकलाई संरक्षण गरेको भन्ने आशयका समाचार आइरहेको छ । केहीले टंकले अशोकलाई झापाबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप समेत लगाएका थिए ।

यसैबीच उनले अशोकको घर निर्माणका देशविदेशबाट आएको २० लाख रकम सहयोग सार्वजनिक गरेका छन् । सहयोग गर्न व्यक्तिहरुको नाम पढेर सुनाएका छन् ।

पछिल्ला विवादबारे पनि स्पष्टीकरण दिएका छन् । उनले मिडियामा आएको समाचारहरुको पछाडी लागेर विश्वास नगर्न आग्रह गरेका छन् । उनले आफूले निस्वार्थ रुपमा अशोकलाई सहयोग गर्दै आएको बताए ।


यस्तै उनले अशोकको घर निर्माणको काम अन्तिम अवस्थामा पुगेको बताएका छन् । उनले भनेका छन्,‘घर निर्माणको कार्य अन्तिम अवस्थामा पुगेको छ, साउन महिनामा घर सर्न नमिल्ने देखिएका कारण भदौ महिना सम्ममा अशोकको परिवार नयाँ घरमा सर्ने छन् ।’
उनले अशोक अहिले काठमाडौंको तिनकुने स्थित एप्पल बोर्डिंग स्कुलमा भर्ना भएर पढ्न थालेको समेत जानकारी दिएका छन् ।
उनले अशोकको म्युजिक भिडियो निकालेपछि देश विदेशका कन्सर्टमा अशोकलाई संगै लिएर हिंडेका छन् भने घर निर्माण कार्यमा समेत जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७