आहा ! सुन्दर कन्याम (फोटो फिचर)


१९ श्रावण २०७५, शनिबार
Ilam kanyam Comanding Viewज्ञ

इलाम १९ साउन :  झापाको विर्तामोडबाट ४७.२ किलोमिटर माथि चढेपछि पुगिन्छ, कन्याम । गाडी यात्रामा करिब १ घन्टा ३० मिनेट लाग्छ । झापाको विर्तामोडबाट कन्यामको प्रवेशद्धार पुग्दा चिसो एसीभित्र छिरेको अनुभव हुन्छ । इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो । यस्तो लाग्छ, कन्याम कुनै राम्रो चित्रकारले कोरेको सबैभन्दा उत्कृष्ट चित्र हो ।

beautiful view in kanyam Ilam 2

तराईबाट उकालो चढ्नेहरुको लागि प्राकृतिक एसी हो, कन्याम ।मेची राजमार्गमा पर्ने कन्याममा छिनछिनमा मौसम परिवर्तन हुन्छ । छिनमै घाम लाग्छ, छिनमै पानी पर्छ । छिनमै हुरी बतास चल्छ, छिनमै गर्मी पनि हुन्छ । यहाँको कुहिरोलाई हावाले एकैछिनमा हिमाल कटाएर लैजान्छ, एकैछिन त सिद्धि खोलबाट कुहिरो उडाएर ल्याइदिन्छ । आँखाले नभ्याउने चिया बगानको श्रृखला, आँखै अगाडी बिभिन्न हिमश्रृखला यहाँको बिशेषता हो ।

यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढी लगायतका शहर र नेपालका बिभिन्न जिल्लाबाट यहाँ पयर्टकहरु आउछन् । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ । झापाका फाँटहरु पनि देखिन्छ ।

कन्यामको अर्को विशेषता हो, घोडा । यहाँ आउने पर्यटकहरु घोडा चढेर एकपटक चिया बगान नघुमी फर्किन्दैनन् । घोडावालाको आम्दानीका स्रोतसमेत बढेको छ । शनिबार पर्यटकको चापका कारण मेची राजमार्गअन्तर्गतको कन्याम–हर्कटे सडकखण्ड अवरूद्धसमेत हुने गरेको छ । यही कारण अहिले घोडाको लागि नयाँ रुट समेत बनाइएको छ । कन्यामको लभडाँडामा पर्यटकहरु जहिल्यै भीड लाग्ने गरेका छन् । कन्यामको बीच भागतिर पर्ने लभडाँडा सडकभन्दा करिब दुई सय मिटर उचाइमा पर्छ । प्रेमीप्रेमिका र नवजोडीको लागि यो प्रिय घुम्ने थलो हो । दैनिक रुपमा सैयौं जोडीहरु यहाँ घुम्नका लागि आउने गरेको स्थानीयहरु बताउँछन् । प्रेमी प्रेमीकाहरुले सेल्फी खिचिरहेका दृश्यहरु हेरीरहुँ लाग्छ । प्राकृतिक रुपले कन्याम आफैमा सुन्दर छ ।

यहाँका चियाँका बोटहरुलाई कुर्सी बनाएर सुस्ताउछन्, पयर्टकहरु । तर, यहाँ दैनिक आउने संयौ पर्यटकहरुको सुबिस्ताको लागि भौतिक संरचना भने छैन । बनभोज स्थल पनि उतिधेरै व्यवस्थीत छैन । पर्यटक घुम्ने डाँडातिर बियर बोतल फुटेर जमेका शिशाहरु हेर्दा भने मन कटक्क खान्छ । कारण, हो यहाँका चियाँ बगानको नीजिकरण । कन्याममा नेपाल चिया विकास निगम अन्तर्गतका बगानहरुमध्ये कन्याममा चार हजार तीनसय रोपनी क्षेत्रफल जग्गामा चिया लगाइएको छ । तर, सरकारले सरकारले त्रिवेणी समूहलाई नेपाल चिया विकास निगम अन्तर्गतका चिया बगानहरुको व्यवस्थापन ५० बर्षलाई जिम्मा दियो । अर्थात् नीजि क्षेत्रलाई कमाइ खान दियो ।

०५७ सालमा तत्कालीन सरकारले कन्याम चिया बगानसहित झापा र इलामका सातवटा बगानलाई निजीकरण गरेको छ । यसको जिम्मा लिएको कम्पनीका कारण कन्याममा व्यवस्थीत संरचना बन्न नसकेको स्थानीयहरु बताउँछन् । सुर्यदय नगरपालिकामा अहिले युवा र उर्जाशील मेयर आरबी राई छन् । नीजि कम्पनीले कुरुप बनाउन खोजेको सुन्दर कन्यामलाई नगरपालिका आफैले लिएर सुन्दर बनाए कसो होला ? हुन त ५० वर्षको सम्झौता बाधक हुनसक्छ । तर, सुन्दर बनाउन शर्तमा सम्झौताहरु माथि मिलाएर नयाँ सम्झौता गर्न सकिएला ?

हेर्नुहोस् कन्यामका थप सुन्दर तस्बिरहरु :-

kanyam ilam 3
beautiful photo in kanyam Ilam 3
Selfi Beautiful Girls at Kanaym Ilam
Selfi Lovers couple at Kanyam Ilam
Horse riding beautiful girls at Kanyam Ilam 4
kanyam ilam Horse
photos capture at Kanyam Ilam 2
kanyam ilam 13
kanyam ilam 5
Hotel of kanyam ilam
capture photo beautiful girls at Kanyam Ilam
capture photos at Kanyam Ilam
School at Kanyam Ilam
Horse riding beautiful girls at Kanyam Ilam 5
beautiful view in kanyam Ilam 1
beautiful photo in kanyam Ilam 2
Selfi Lovers couple at Kanyam Ilam 2

तस्बिरहरु : राजेश राई, अर्जुन राई/नयाँ पेज

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७