मृगौला पीडित सीताको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम हुने


२१ श्रावण २०७५, सोमबार
concert


काठमाडौ, २० साउन । दुबै मृगौला फेल भएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ६, ‘साबिक फाकुम्वा (हाङ्फाबुङ)’ निवासी सीता नेयोङको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम   हुने भएको छ ।

उनको मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले ‘याक्थुङ हाक्पारे पालाम सयङ’को आयोजनामा यही साउन २६ गते ललितपुरको चुम्लुङहिम शोभाहिटीमा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ बृहत् साँस्कृतिक कार्यक्रम हुने संस्थाका महासचिव शैलेन्द्र थेवेले जानकारी दिए।

कार्यक्रमलाई सार्थक बनाउन सम्पुर्ण लिम्बू तथा गैर लिम्बू समुदायका सहयोगी मनहरुलाई सहभागी भईदिन अनुरोध समेत गरिएको छ।राष्ट्रिय स्तरका कलाकारहरु,ताराप्रकाश लिम्बु, सन्जय तुम्रोक, उत्तमजंग लावति, भिम लिम्बू, सुनिता थेगिम, देशु सुहाङ, खगेन्द्र यक्सो, बविता फोम्बो, लक्ष्मी योङ्गहाङ्ग, मेरिना चेम्जोङ्ग, कुशल थलङ आदि कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

गत महिना बिरामी नेयोङको लागि कोरियामा कार्यरत विभिन्न व्यक्तित्वहरु मनिराज, भरत, बिमल, निस्से, विषेश, बिकम, मोहन कुमार, आश कुमार, पूर्ण,कुमार, नरु नेयोङ आदिबाट एकलाख सहयोग रकम प्राप्त भईसकेको छ । उक्त रकम नेयोङ समाज काठमाडौं र याक्थुङ हाक्पारे पालाम सयङले संयुक्त रुपमा पिडित स्वयंलाई एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो।

बिरामीको मृगौला प्रत्यारोपनका लागि स्वदेश तथा विदेश कोरिया, हङकङ, बेलायत लगायत अन्य देशहरुमा सहयोग संकलन भैरहेको सयङकी अध्यक्ष रुपा आङ्बुहाङले जानकारी दिएकी छिन । नेयोङ समाज काठमाडौंबाट पनि सहयोग जुटाउने कार्य भइरहेको समाजका संयोजक योगेन्द्र नेयोङले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७