शहर भरीका कुकुरलाई जुत्ता किनिदिन प्रहरीको निर्देशन


२१ श्रावण २०७५, सोमबार
dog shoes and boots


काठमाडौं, २१ साउन (एजेन्सी) । कुकुरले कहिल्यै जुत्ता लगाएको देख्नु भएको छ ?  सामान्य उत्तर हुन्छ । छैन् तर स्वीजरल्याण्डको ज्युरीख शहरका बासिन्दाहरू कुकुरलार्इ जुत्ता लगाइदिएको तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।


यसरी कुकुर जुत्ता लगाइदिन भने प्रहरीहरुले आग्रह गरेका हुन् । शहरमा उच्च तापक्रमबाट कुकुरको पैताला जोगाउन त्यस्तो आग्रह गरिएको बिबिसिमा समाचार छ । ज्युरीख प्रहरीले कुकुरको पक्षमा एउटा अभियान चलाएको प्रशारण संस्था एसआरएफले जनाएको छ ।

कुकुरका मालिकहरूलाई चर्को गर्मीमा उनीहरूका चारखुट्टे साथीलाई जोगाउने काइदाबारे प्रहरीले सिकाइरहेका छन्। चर्को घामले तातेको फुटपाथमा हिँडनु कुकुरको निम्ति पीडादायी हुनसक्ने तर्क प्रहरीको छ । युरोपभर केही साता यता निकै गर्मी बढेको बेला तापक्रम उच्च विन्दुमा पुगेको देशमध्ये स्वीट्जल्याण्ड पनि हो ।

जहाँ तापमान सन् १८६४ मा मापन सुरू गरिएयताकै सबैभन्दा बढी पुगेको छ । जुलाईमा त्यहाँको तापक्रम ३० डिग्री सेल्सियस आसपास थियो । स्वीसइन्फो न्युज वेबसाइटले देशका अन्य भागले खडेरीको सामना गर्नु परेको जनाएको छ ।

के निकै गर्मी छ ? त्यसो भए तातेको सडक छल्नुस, ठूला कुकुरलाई बुट लगाइ दिनुस् र सानालाई आफै बोक्नुस् । ज्युरीख प्रहरीका प्रवक्ता माइकल वाकरका अनुसार ३० डिग्री सेल्सियस तापक्रम पुग्दा जमिनमा ५० देखि ५५ डिग्री सरह महसुस हुने भएकाले यसले खासगरी कुकुरलाई असहज पार्न सक्छ ।

उनले एसआरएफसँग भने, जब कुकुर तात्तिएको पीच सडकमा हिँड्छ, खाली खुट्टामा मानिस हिँड्दा झैं उसको पनि पैतला डामिन सक्छ । त्यसैले चर्को गर्मीमा कुकुरले पनि जुत्ता लगाउनु पर्छ । ज्युरीख शहरका प्रहरीले कुकुरलाई बाहिर लग्नुअघि जमिनमा हत्केला उल्टो पारी पाँच सेकेण्ड राखेर कतिको तातो छ भन्ने जाँच गर्न कुकुर मालिकहरूलाई सल्लाह दिएका छन्।

उनीहरूले कुकुरको निम्ति पर्याप्त पिउने पानी भएको सुनिश्चित गर्न र घामले तातेको कारमा कुकुरलाई नछोड्न पनि सुझाएका छन्। प्रहरीले फेसबुकमार्फत भनेको छ, के निकै गर्मी छ ? त्यसो भए तातेको सडक छल्नुस, ठूला कुकुरलाई बुट लगाइ दिनुस् र सानालाई आफैँ बोक्नुस्।

सयौं फेसबुक प्रयोगकर्ताले प्रहरीको उक्त अभियानको प्रशंसा गरेका छन्। जसमा तातोबाट जोगाउने जुत्ता लगाएका कुकुरहरूका तस्बीरहरू राखिएका छन् । सुँघेर अपराध अनुसन्धानमा सघाउने कुकुरलाई पनि जुत्ता लगाइदिने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७