गायिका रेश्माको गोली हानी हत्या


२४ श्रावण २०७५, बिहीबार
resma 2

काठमाडौं, २४ साउन । एक नायिका एवम् गायिकालाई आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् ।

resma 2
पाकिस्तानी गायिका तथा नायिका रेश्मा । तस्विर : गुगल

पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा रेश्मालाई उनी बसेको घरमा जबरजस्ती छिरेर उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् । जियो टिभीका अनुसार आरोपीका चौथों श्रीमती रेश्मा आफ्ना भाइसँग हाकिमावाद इलाकामा बस्ने गर्थिन् । त्यहाँको प्रहरीका अनुसार घरायसी झगडाका कारण रेश्मालाई उनका श्रीमानले गोली हानेका हुन् ।

रेश्माका श्रीमान अहिलेसम्म फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस वर्ष महिला कलाकारमाथि पाकिस्तानको खैबर पख्तुन्ख्वामा भएको यो १५ औं हिंसा हो । यसअघि फेब्रुअरी ३ तारिखमा स्टेज नायिका सुन्बुदललाई कार्यक्रममा प्रस्तुती दिइरहेकै बेला गोली होनर हत्या गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७