‘दर्शन नमस्ते–४’ ल्याउँदै राजेश पायल


२४ श्रावण २०७५, बिहीबार
rajesh payal rai 19 bhadau 2074


काठमाडौं, २४ साउन । अहिलेका सबैभन्दा चर्चित र ‘भर्सस्टाइल’ गायक राजेश पायल राईले आफूले ल्याएका ‘दर्शन नमस्ते’ गीति एल्वमको सफलताका कारण ‘दर्शन नमस्ते–४’ ल्याउने भएका छन् ।

rajesh payal rai 19 bhadau 2074

‘राई इज किङ’ ले चर्चित गायक राईले यसअघि दर्शन नमस्ते—३ सम्म ल्याइसकेका छन् । विगतका एल्वममा समावेश सबै जसो गीतहरू लोकप्रिय भएकाले पुनः ‘दर्शन नमस्ते–४ ल्याउन काम भइरहेको गायक राईले जानकारी दिए । उनले दर्शन नमस्ते–४ मा समावेश हुने सबै गीतहरू भारतीय चर्चित गायिका लत्ता मंगेशकरको मुम्बईस्थित स्टुडियोमा रेकर्ड हुने गायक राईले बताएका छन् । दर्शन नमस्तेको ‘सिक्वेल’ ३ सम्मका सबै गीहरु सफल भएकाले दर्शन नमस्ते–४ ल्याउन लागेको गायक राईले बताए ।

उनको दर्शन नमस्ते–३ नेपालकै सर्वाधिक मूल्यमा विक्री समेत भएको एल्वमभित्र पर्छन् । गायक राईको नयाँ एल्वमको गीतमा स्व. अम्बर गुरुङ, रञ्जित गजमेर, उत्तमजङ लिम्बू, वसन्त सापकोटा, महाराजा थापा, सन्तोष राज, अर्जुन पोखरेल, पारस मुकारुङ, बादल लिम्बू, विनोद खम्बु र महेश खड्काको संगीत रहने छ । त्यस्तै एल्वममा समावेश गीतका शब्दहरु टीका चाम्लिङ, राई नवीन, वसन्त सापकोटा, महेश खड्का र डा.कृष्णहरि बरालको रहेका छन् ।

राईले आफ्नो गीत रेकर्ड गराई सकेपछि पुनः सांगीतिक भ्रमण गर्ने बताएका छन् । राजेश पायलले आउँदो अगस्ट २१ बाट दुबईको अबुधाबीबाट सांगीतिक ‘वल्र्ड टुर’ गर्ने पनि जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७