सेनाका चार महासेनानी सहायक रथीमा बढुवा


२५ श्रावण २०७५, शुक्रबार
nepal army

काठमाडौं, २५ साउन । नेपाली सेनामा ४ जना महासेनानीको सहायक रथीमा बढुवा सिफारिस भएको छ ।

nepal army

बढुवा हुनेमा महासेनानीहरु सुरेन्द्रसिंह रावल, प्रेमध्वज अधिकारी, दिपक कुमार बानियाँ र शंकरबहादुर पण्डित छन् ।

त्यसैगरी प्राविधिक महासेनानी अमुल कार्कीढली प्राविधिक महासेनानीमा बढुवा भएका छन् ।
बढुवा सिफारिस भएका महासेनानीहरु रावल, अधिकारीे बानियाँ र पण्डित सबै २७ बेसिकका अधिकृत हुन् । बढुवा समितिले गरेको सिफारिस प्रधानसेनापतिले सदर गरेपछि १५ दिने सूचना समेत प्रकाशित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७