मस्तिष्कघात भएका दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर


२५ श्रावण २०७५, शुक्रबार
dahal yagyanidhi

काठमाडौं, २५ साउन । साहित्यकार एवम् रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

dahal yagyanidhi
साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधि । तस्विर : फाइल

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मृगौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७