आफ्नै गेष्ट हाउसमा बसेका ३४ महिलाको ‘गोप्य’ भिडियो पोर्न साइटमा हालेपछि…


२५ श्रावण २०७५, शुक्रबार
lahy

काठमाडौं, २५ साउन । ३४ महिलाको नुहाइरहेको भिडियो पोर्न साइटमा हालेको भन्दै पक्राउ परेका न्यूजिल्याण्डका एक व्यक्तिलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ ।

lahy
सांकेतिक तस्विर : गुगल

यी व्यक्तिले आफ्नो गेष्ट हाउसको बाथरुममा स्याम्पुको बोतलमा राखिएको क्यामराले भिडियो बनाउँथे । उत्तरी द्वीपको हक्समा यी व्यक्तिले गोप्य तरिकाले २१९ वटा रेकर्डिङ गरेका थिए । यी सबै डिसेम्बर सन् २०१७ देखि फेब्रुअरी २०१८ बीच बनाइएको थियो । दोषी ठहरिएका व्यक्तिको पहिचान लुकाइएको छ ता कि उनकी श्रीमतीले कुनै प्रकारको समस्याको सामना गर्नु नपरोस् । ती व्यक्तिले केही भिडियोलाई पोर्न साइटमा हालेको स्विकारेका थिए ।

पुलिसका अनुसार पीडितमध्ये धेरैको उमेर ३० वर्षमुनि छ । क्यामरा यस्तो प्रकारले लगाइएको थियो कि नुहाइरहेका युवतीको तस्बिर काँधदेखि घुँडासम्म देखिन्थ्यो । तर धेरैजसो भिडियोमा महिलाको अनुहार पनि रेकर्ड भएका थिए । स्पाई क्यामरा भएको स्याम्पुको बोतल घरमा बनाइएको थियो वा त्यसलाई अनलाईनमार्फत खरिद गरिएको थियो भन्नेबारे स्पष्ट जानकारी उल्लेख छैन ।

पुलिसले गेस्ट हाउसमा बसेका महिलाको पहिचान गरेको छ । पुलिसलाई दिएको बयानमा ती महिलाले यसबारे थाहा पाउँदा चकित र दुःखी भएको बताए । आफ्नो भिडियो बनाउने व्यक्तिप्रति अत्यधिक रिस उठेको पनि उनीहरुले बताए । फेब्रुअरीमा जब उनलाई पक्राउ गरिएको थियो तब उनले रमाइलाका लागि यस्तो गरेको पुलिसलाई जानकारी दिए ।

उनले अदालतमा दिएको बयान अनुसार क्यामरालाई उनले रिमोटबाट चलाउने गर्दथे । जब महिला बाथभित्र नुहाउन जान्थिन् तब उनी टाढैबाट क्यामरा अन गर्ने गर्थे । भिडियो बनाइसकेपछि उनले उक्त भिडियोलाई राति आफ्नो कम्प्युटरमा डाउनलोड गर्ने गरेको बताए । यीमध्ये थुप्रै भिडियो उनले पोर्न साइटमा पोष्ट गर्दथे । भविष्यमा थप प्रोत्साहित भएर अन्य भिडियो पोष्ट गर्नका लागि भिडियो हेर्नेहरुलाई राम्रो कमेन्ट गरिदिन पनि उनी अपिल समेत गर्थे ।

भिडियोको डिटेलमा ती व्यक्तिले युवतीबारे पनि जानकारी दिन्थे । उनले युवतीको धर्म र व्यवसायको जानकारी समेत दिने गर्दथे । आफूले कसरी भिडियो बनाउनेबारे पनि उनले जानकारी दिन्थे । दोषी पाइएका व्यक्तिका वकिलले अदालतसामु उनको पहिचान गोप्य राख्न अपिल गरे । दोषीकी बिरामी श्रीमतीलाई मानसिक समस्याबाट छुटकारा दिलाउनका लागि यस्तो अपिल गरिएको बताइएको छ ।

वकिलको भनाई थियो कि यदि उनका श्रीमानको पहिचान सार्वजनिक गरिए उनको स्वास्थ्य थप खराब हुनसक्छ । यस्तै, दोस्रो पक्षका वकिलका अनुसार ती व्यक्तिले ३४ महिलाको अत्यधिक गोप्य पललाई सार्वजनिक गरेकोमा अपराध गरेका छन् । घटना सार्वजनिक भएपछि न्यूजिल्याण्ड पुलिसले यी भिडियो डिलिट गरेका छन् । दोषीलाई अक्टोबरमा सजाय तोकिने छ । उनलाई १४ वर्षको जेल सजाय हुने अनुमान छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७