सिटिजन बैंकको शेयर गोलाप्रथाबाट वितरण, ४६ हजारले पाए शेयर


२५ श्रावण २०७५, शुक्रबार
Citizens Bank

काठमाडौं, २५ साउन । काठमाडौंस्थित सिटिजन बैंकको शेयरका लागि माग भन्दा १४ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ ।

Citizens Bank

बैंकले शुक्रबार थप शेयर निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) बाँडफाँड गरेको हो । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ४६ हजार ३३७ लाई १० कित्ता शेयर परेको छ । बैंकले संस्थापक साधारण शेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्न एफपिओ निष्कासन गरेको थियो ।

६ जना आवेदकले भने ११ कित्ता पाएका छन् । कूल ६२ हजार ७८२ आवेदकबाट ६१ लाख ५०६ सयलाई ३० कित्ता खरिद गर्न आवेदन परेको थियो । बैंकले सय रुपैयाँ दरको शेयरमा त्यति नै प्रिमिमय थप गरी ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्कासन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७