मेस्सी, रोनाल्डो र सलाह परे वर्ष खेलाडीको सर्टलिस्टमा


२५ श्रावण २०७५, शुक्रबार
rolando messi

काठमाडौं, २५ साउन । क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र मोहमद सलाह युइएफए वर्ष खेलाडीको सर्ट लिस्टमा परेका छन् ।

rolando messi

युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले बिहीबार ३ खेलाडीको मात्र सूची निकाल्दा रोनाल्डो, मेसी र सलाह दाबेदारका रूपमा अगाडि रहेका छन् । नयाँ सिजनमा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टसमा अनुबन्धित भएका छन् ।

गत सिजनमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा सलाह, रोनाल्डो र मेसी मात्र उत्कृष्ट स्ट्राइकरका रूपमा रहेको युइएफएले जनाएको छ । रियलले लगातार तीनपटक उपाधि रक्षा गर्दा रोनाल्डोले सर्वाधिक १५ गोल गरेका थिए । लिभरपुलका सलाहले लिभरपुललाई १६ वर्षपछि फाइनल पु¥याउने क्रममा १० गोल गरेका थिए । उनले चार पटक साथीहरूलाई गोलका लागि पास उपलब्ध गराए ।

बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले गत सिजनको च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए । यसैगरी, उत्कृष्ट डिफेन्डरमा रियलका मार्सेलो, सर्जियो रामोस तथा राफेएल भराने शीर्ष ३ भित्र समावेश भएका छन् । यसैगरी, मिडफिल्डरमा रियलका टोनी क्रुज र लुका मोड्रिकले म्यानचेस्टर सिटीका केभिन डे ब्रुयनेविरुद्ध प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७