सेक्स त बेडरुममै ठीक : कमल खत्री


२५ श्रावण २०७५, शुक्रबार
kamal khatri

सेक्स के हो ?
मन मिले गर्ने कुरा हो । मायाको अर्को रुप पनि हो ।

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?
मन मिल्यो भने बिहेअघि गर्दा पनि फरक नपर्ला (हाँस्दै) ।

पहिलोपल्ट सेक्सको अनुभव कहिले लिइयो ?
यो चैँ नभनौं होला । गोप्य नै राख्न चाहेँ ।

सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ?
पत्रपत्रिका, अनलाइन हेरेर ।

कुन नायक÷नायिका सेक्सी लाग्छ ?
भुवन केसी र झरना बज्राचार्य ।

नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ?
एकदमै आवश्यक छ । रेडलाइट एरिया भएको भए बलात्कारका घटना घट्थ्यो कि !

तेस्रो लिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ?
सकारात्मक रुपमा लिन्छु । सबैको भावनालाई कदर गर्नुपर्छ भन्ने लाग्छ ।

कस्तो महिला सेक्सी लाग्छ ?
आँखा ठूल्ठूलो भएकी महिला सेक्सी लाग्छ ।

सेक्सको चाहना बढ्ने कोही ड्रिम गर्ल छ ?
त्यसबारे अहिलेसम्म सोचेको छैन ।

सेक्समा स्थानले कत्तिको महत्व राख्छ ?
किचन खाना खानका लागि, बाथरुम नुहाउनका लागि भनेझैँ सेक्स त बेडरुममै ठीक होला (हास्दै) ।

मान्छेमा कति वर्षसम्म जवान रहन्छ भन्ने लाग्छ ?
मन बुढो नभएसम्म उमेर बुढो हुँदैन भन्छन् । मलाई नि त्यस्तै लाग्छ । आफूलाई फिल भएसम्म पावर हुन्छ भन्ने लाग्छ ।

युवतीको कुन अंग हेर्दा सेक्स चाहना बढेर आउँछ ?
छाति नै होला (हाँस्दै) ।

सेक्स पार्टनर छ ?
छैन ।
आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
त्यो त मुड चलेको बेला ९५ प्रतिशतसम्म हुन्छ ।

सेक्सको अफर कत्तिको आउँछ ?
आउन त धेरै आउँछ तर म वास्ता गर्दिनँ किनभने नाम कमाउन जति सजिलो छ, यसलाई जोगाउन त्यति नै गाह्रो छ । जथाभावी गर्यो भने भोलि बदनाम भइन्छ ।प्रस्तुति स् दिनेश शाही

शुक्रबार साप्ताहिकबाट/दिनेश शाही प्रस्तुति 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७