अब चढ्नुस् ३० रुपैंयाँमै १२० किमी गुड्ने बाइक, मूल्य पनि डेढ लाख मात्रै


२५ श्रावण २०७५, शुक्रबार
Vmoto bike

काठमाडौं, २५ साउन । बाइक किनेर चलाउनेहरुलाई पेट्रोल हाल्दा कसरी पैसा खर्च हुन्छ भन्ने कुरा सिकाइ रहनु पर्दैन । अर्थात बाइक किन्नु भन्दा पेट्रोल खर्च धान्नु मुस्किल हुने गरेको अनुभव धेरैको मुखबाट सुन्न पाइन्छ । तर अब ३० रुपैंयाँ खर्चमै १२० किलोमिटरको यात्रा गर्न सकिने बाइक बजारमा आइसकेको छ, त्यो पनि नसोचेको मूल्यमा ।

Vmoto bike

अब अष्ट्रेलियाको भिमोटो कम्पनीले ३० रुपैयाँको विद्युतले चार्जले १२० किलोमिटरसम्म गुड्ने मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याइसकेको छ । त्यो पनि सस्तो मूल्यमा र २ वर्षसम्मको मर्मत खर्च बढीमा ३ हजार मात्रै लाग्छ ।

पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर भिमोटोले उत्पादन गरेको विद्युतीय मोटरसाइकल र स्कुटरको मूल्य न्युनतम १ लाख १० हजार रुपैयाँ छ । ३० रुपैयाँको चार्ज गर्दा १२० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न ३ घण्टादेखि ६ घण्टासम्म लाग्छ । दिउँसोभरी गुडाएर रातभरी व्याट्री चार्जमा राख्न सकिन्छ ।

Vmoto bikeScotty

पेट्रोलबाट चल्ने बाइक र स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ छ । १२० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले झण्डै ३०० रुपैयाँको इन्धन खपत गर्छ । तर इलेक्ट्रिक भिमोटोले ३० रुपैयाँमा त्यत्ति गुड्ने भिमोटो नेपालका सञ्चालक सुरेन्द्र मानन्धर बताउँछन् ।

विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको विकल्पका रुपमा इलेक्टोनिक सवारीसाधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाई छ । भिमोटोले २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । चार्ज बाहेक यो कम्पनीको बाइक र स्कुटर सञ्चालनको २ वर्षसम्म ३ हजार रुपैयाँ मात्रै खर्च हुने बताएको छ । यसले बढिरहेको प्रदूषणलाई पनि नियन्त्रण गर्छ ।

डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले मूल्य अन्यको भन्दा सस्तो रहेको सञ्चालक मानन्धरको भनाई छ । भिमोटो नेपालको बाइक र स्कुटरको मूल्य १ लाख १० हजार देखी २ लाख ७४ हजार रुपैयाँसम्मको छ ।

भिमोटो टि १.५ स्कुटरको मूल्य १ लाख १० हजार, भिमोटो एलएन स्कुटरको मूल्य १ लाख ३१ हजार, भिमोटो इम्याक्स् स्कुटरको मूल्य २ लाख १६ हजार, इकोटर स्कुटरको मूल्य २ लाख ४५ हजार र भिमोटो भिक्ड्राकस स्कुटरको मूल्य २ लाख २६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यस्तै, भिमोटो सोको टिएस बाइकको मूल्य २ लाख ४९ हजार र भिमोटो सोको सिटी बाइकको मूल्य २ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७