अब मन्त्रालयका योजना स्थानीय तहलाई


२५ श्रावण २०७५, शुक्रबार
chakrapani khanal baldev

काठमाडौं, २५ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताएका छन् ।

chakrapani khanal baldev

रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजन नै संघीयता हो भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको आभास नपाउने बताए ।

मन्त्री खनालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सञ्चालनमा रहेका झण्डै ९० प्रतिशत परियोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसकेको र बाँकी १० प्रतिशत ठूला आयोजना निकट भविष्यमा हस्तान्तरण गर्ने योजना रहेको बताए । उनले स्थानीय तह र प्रदेश सरकारले गर्ने कतिपय निर्णय अलोकप्रिय हुनसक्छन् त्यसलाई केन्द्र सरकारले सचेत गराउन सक्ने भए पनि हरेक काममा अंकुश लगाउन नसक्ने र नहुने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७