अर्थमन्त्री परिर्वतन गर्न प्रधानमन्त्रीसँग नेकपाकै सांसदहरुको माग

‘करेक्सन नभए अर्थमन्त्री परिर्वतन गरौं’


२५ श्रावण २०७५, शुक्रबार
KP oli and Meeting
तस्बिरः प्रधानमन्त्रीको सचिवालय



काठमाडौं, २५ साउन :  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसदहरूले अर्थमन्त्रीको कारण जनतामा सरकारप्रतिको आकर्षण र उत्साहमा कमी आएको भन्दै अर्थमन्त्री परिवर्तन गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा प्रदेश नम्बर ५ का सांसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको भूमिकाप्रति तिव्र आलोचना गर्दै सके ‘करेक्सन’ नभए राजीनामा दिनुपर्ने माग गरेका हुन् ।


प्रदेश नम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित आफ्नै कार्यालयमा भेटघाटमा सांसदहरूले बजेटपछि सरकारसँग बढि गुनासा र निराशा आएको बताएका हुन् । बैठकपछि सांसद मेटमणि चौधरीले बजेटले सरकारलाई असफल बनाएको बताए । उनले भने, ‘सक्छ भने अर्थमन्त्रालयले आफ्नो बजेट करेक्सन गर्नुपर्छ, यदि सकिन्दैन भने अर्को अर्थमन्त्री ल्याएर पनि अहिलेको सरकारलाई व्यवस्थीत गर्नुपर्छ भन्ने कुरा मैले राखेको छु ।’


उनले अहिले जनता निराशा छाएको भन्दै उनले अर्थमन्त्री परिवर्तन गरेर भए पनि अहिलेको सरकारलाई व्यवस्थित गराउनुपर्ने बताए । भने, ‘बजेटपछि सरकार अलोकप्रिय बनाउन अर्थमन्त्रीको भूमिका बढि देखिन्छ । सकिन्छ भने करेक्सन गरौं नभए अर्थमन्त्री परिवर्तन गरेर भए पनि अहिलेको सरकारलाई व्यवस्थित गराउनुपर्छ ।’ बैठकमा अन्य सांसदहरुले पनि अर्थमन्त्री खतिवडाको आलोचना गरेको चौधरीले बताए ।

नेकपाको सरकार नभए मुलुक भयनाक संकटमा : प्रधानमन्त्री

PM KP Sharma Oli
प्रधानमन्त्री केपी शर्मा ओली


भेटमा प्रधानमन्त्रीकेपीशर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने बताए ।  अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुरायाएको थियो भन्दै उनले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गर्नु गरे । भने, ‘हामीले विकास र निर्माणका ठूला–ठूला योजनाल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमाअभियानहरु सुरु गरेका छौं ।’

प्रधानमन्त्रीले यो सरकारले केही गरेर देखाउनुपर्ने बताए । भने, ‘कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनकवहुमतप्रदान गरेको अवस्थामाहामीले देशमाआर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।’

सांसदहरुले प्रदेश नम्वर ५ का वाढी, डुवान, जंगलीजनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदिविषयमा सरकारको ध्यानाकार्षण गराए ।

कार्यक्रममा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आ–आफ्नो धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७