रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग


२५ श्रावण २०७५, शुक्रबार
Ram prasad Rai foundaition

काठमाडौं, २५ साउन । २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

Ram prasad Rai foundaition

जननायक राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै रामप्रसाद राई फाउण्डेशन नेपाल र रामप्रसाद राई स्मृति प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीले ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।‬

जननायक राम प्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष सुष्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले आवश्यक सल्लाह गरेर जननायक रामप्रसाद राईका विषयमा विवादरहित निर्णय गर्ने बताए ।

‪सअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई पनि फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि तत्कालीन दाहाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा प्रस्ताव लगिए पनि निर्णय हुन सकेको थिएन ।‬

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७