नेपालको लागि विश्व बैंकद्वारा १० करोड डलर सहयाेग स्वीकृत


२६ श्रावण २०७५, शनिबार
The World Bank

काठमाडौं, २६ साउन । विश्व बैंकले नेपालको आर्थिक स्थायित्वका लागि १० करोड डलर सहयोग गर्ने भएको छ । बैंकले वित्तिय क्षेत्रमा मध्यावधिक सुधार कार्यक्रम अन्तर्गत सहयोगको स्वीकृत दिएको हो ।

संघियताको स्थानीय ढाँचाका लागि सहयोग गर्ने विश्व बैंकको कार्यकारी निर्देशक सहितको बोर्ड बैठकले निर्णय गरेको छ । आगामी ५ वर्षका लागि सो कार्यक्रम सञ्चालन गरिनेछ ।  भने संघियताको कार्यान्वयनसँगै उत्तरदायी सेवाका लागि सो रकम खर्च गरिने छ ।

नेपालको समृद्धिका लागि संघियताले ठूलो सहयोग गर्ने बिश्वास विश्व बैंकका नेपाल निर्देशक क्मिाओ फानको छ । अमेरिकामा रहेका अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकसँगको सहकार्यमा मुलुकमा सुरक्षा, न्याय, सुशासन सहित विकासको अवसर खोल्ने आशा ब्यक्त गरे ।

नेपाली मोडल अनुसार विश्व बैंकको सहयोग केन्द्रित रहने मन्त्री खतिवडाले विश्वास ब्यक्त गरे । विश्व बैंकको सहयोगमा नेपालमा हाल २१ वटा योजनाहरु सञ्चालनमा छन् ।

उनले विश्व बैंकको मुख्यालय अमेरिकामा बुधबार विश्व बैंक र नेपाली राजदूतावासद्वारा आयोजित नेपाल दिवस नेपालकाे संघीयता कार्यान्वयन र पूर्वाधार विकासको लागि विश्व बैंक लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता बताएकाे थिए । 

 


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७