फेरी अनशन बस्ने डा. केसीको चेतावनी


२६ श्रावण २०७५, शनिबार
Dr Kc Govinda
फाइल तस्बिर

काठमाडौं २६ साउन । डाक्टर गोविन्द केसीले सरकारसँग १५ औँ अनशनमा भएको सहमती कार्यान्वयन नभए फेरी अनशन बस्ने चेतावनी दिएका छन् । शनिवार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र डा. केसीबीच भएको भेट वार्तामा डा. कसीले यस्तो चेतावनी दिएका हुन् ।

Dr Kc Govinda
फाइल तस्बिर

डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएमा पुनः अनशन बस्ने चेतावनी दिएको हो । केसीले भेटमा प्रधानमन्त्रीलाई सरकारसँग भएको सम्झौता चाँडो कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसँग २ घण्टा बसेको वार्ताका क्रममा केसीले भने, ‘सरकारसँग भएको सम्झौता फेरबदल गरेर कार्यान्वयन गरेमा १६ औँ अनशन बस्छु । सम्झौता हुबहु सांसदबाट पारित गर्नुपर्छ ।’

प्रधानमन्त्रीसँगको भेटमा केसीले सम्झौता कार्यान्वयमा किन ढिलाइ भनी प्रश्न गरेका थिए । केसीको प्रशको उत्तरमा प्रधानमन्त्रीले सम्झौता हुबहु पारित उने विश्वस्त दिलाउँदै भने, ‘सम्झौता हुबहु सांसदबाट पारित गर्छु, अनशन बसिराख्नु पर्दैन । प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग आजै छलफल पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७