कांग्रेसमा नयाँ ध्रुवीकरण

नेतापुत्रहरु पार्टी बचाउन एक ठाउँमा


२६ श्रावण २०७५, शनिबार
neta putra

काठमाडौं, २६ साउन । मंसिरमा भएको निर्वाचनमा करारी हारपछि नेपाली कांग्रेस बचाउनका लागि भन्दै गुट उपगुटका भेला र बैठक जारी छन् ।

त्यस्तै पार्टी बचाउने भेला र बैठक शनिबार नेपाली कांग्रेसका संस्थापक नेताहरु स्व. वीपी कोइराला, गणेशमान सिंह र शेष इद्रिसका सन्तानले पनि गरेका छन् ।

neta putra
आफ्ताव आलम, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह (दायाँबाट क्रमश) ।

शनिबार भएको भेलालाई पार्टी बचाउनका लागि गरिएको भनिएको छ । महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र आफ्ताव आलमको जमघटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

वीपी, गणेशमान र शेष इद्रिस कांग्रेसका संस्थापक हुन् । वीपी परिवार, सिंह परिवार र शेख परिवार एकजुट भएर अगाडि बढे कांग्रेस पार्टीलाई पुरानै अवस्थामा पर्काउन सकिनेबारेमा छलफल भएको बताइएको छ ।

आफ्ताव आलमको बानेश्वरस्थित निवासमा भएको भेलामा तीनै नेताले कांग्रेसलाई कसरी पुनर्जागृत गराउने भन्नेबारेमा छलफल गरेको एक नेताले बताएका छन् ।

उपसभापति विमलेन्द्र निधिले मधेशमा आफूमात्र एकछत्र नेता भन्दै आएपछि २ नम्बर प्रदेशका आलमले उनलाई चुनौती दिनेगरी अगाडि बढ्न लागेका छन् ।

उपसभापति निधिले मधेशमा कांग्रेसको पकड कायम राख्न खोजे पनि उनकै जिल्ला धनुषामा मिलाउन सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७