अब रहेनन् नोबेल पुरस्कार विजेता नइपाल


२७ श्रावण २०७५, आईतवार
naipal

काठमाडौं, २७ साउन । नोबेल साहित्य पुरस्कार विजेता तथा प्रसिद्ध लेखक भिएस नइपालको निधन भएको छ ।

naipal
नोबेल साहित्य पुरस्कार विजेता तथा प्रसिद्ध लेखक भिएस नइपाल

८५ वर्षे नइपालको लण्डनस्थित घरमा शनिबार निधन भएको बीबीसीले जनाएको छ । नइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थिया े। त्रिनिडाड हुर्के बढेका भारतीय मुलका नइपालले अक्सफोर्डमा पढेका थिए ।

३० भन्दा बढी पुस्तक लेखेका नइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर मिस्टर विश्वास’ चर्चित छन् । सन् १९७१ मा बुकर पुरस्कार प्राप्त गरेका नइपालले सन् २००१ मा नोबेल पुरस्कार हात पारेका थिए । सन् १९५० मा छात्रवृत्ति जितेर अध्ययनका लागि बेलायत गएका नइपाल विद्यार्थी हुँदा डिप्रेसनको शिकार बनेका थिए । त्यतिबेला उनले आत्महत्या गर्ने कोशिस समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७