टेलिकमकी एमडी कामिनीलाई पदबाट बर्खास्त गर्ने तयारी


२७ श्रावण २०७५, आईतवार
kamini rajbhandari 9
नेपाल टेलिकमकी प्रवन्द निर्देशक कामिनी राजभन्डारी

काठमाडौं २६ साउन । गत वैशाखमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण सोधिएको थियो । उनलाई त्यति बेला सरकारले कार्य सम्पादनको सर्त राखेर एक मौका दिएका थियो ।

kamini rajbhandari 9
नेपाल टेलिकमकी प्रवन्द निर्देशक कामिनी राजभन्डारी

फेरी सरकारले कार्य सम्पादनमा सुधार नभएको भन्दै स्पष्टीकरण सोधेको छ । चित्त बुझ्दो स्पष्टीकरण नआएमा उनलाई मन्त्रिपरिषद्को निर्णयबाट पदबाट बर्खास्त गर्ने छन् । सरकारले कामिनीलाई अब कुनै मौका नदिने गरी स्पष्टीकरण सोधेको हो । कामिनीलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले शुक्रवार नै स्पष्टीकरणको पत्र थमाएका छन् ।

सरकारले त्यति बेला कामिनीलाई दिएको कार्यसम्पादनमा सुधार नभएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । कामिनीको कार्यकालमा टेलिकम १ अर्ब १३ करोड घाटा गएको प्रतिवेदन आएकोले अब उनलाई मौका नदिने गरी स्पष्टीकरण सोधिएको हो ।

सरकारले कामिनीको नेतृत्वमा निजी क्षेत्रका सेवा प्रदायक एनसेलसँग पनि सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले प्रतिस्पर्धा गर्न नसेक्ने निष्कर्ष निकालेको छ । गत असारमा टेलिकमले सरकारलाई १ अर्ब १३ करोड राजश्व बुझाएको थियो । भने, एनसेलले टेलिकम भन्दा १ अर्ब ७ करोडले बढी कर बुझाएको थियो ।

निजी कम्पनीले सरकारी कम्पनीलाई नाफामा उछिन्न थालेपछि कामिनीलार्इ स्पष्टीकरण सोधिएको हो । नेपाल टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्दै उनलाई टेलिकमको सेवा खस्किँदै गएको र गुणस्तरमा गिरावट आउँदा पनि सुधारको कार्य नभएकोले असफल बनेको आरोप समेत लगाइको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७