इमरान खानको सपथग्रहण समारोहमा सिद्धु सहभागी हुने


२७ श्रावण २०७५, आईतवार
Navjot Singh Sidhu accepts Imran Khans invite

एएनआई

चन्डीगढ, भारत, २७ साउन ।  भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए । सिद्धु पनि पूर्व क्रिकेटर हुन् ।

पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद पनि दिएका छन् ।

यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिएका छन् । उनले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवसँग पनि पाकिस्तान जाने बारेमा कुराकानी गरेको जानकारी दिए ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटीआई) ले अगष्ट ११ को सट्टा अगष्ट १८ का दिन इमरान खानले इस्लामावादस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७