सेना भर्नामा अनियमितता, नक्कलीको नाममा जाँच दिएर भर्ना


२८ श्रावण २०७५, सोमबार
nepal army

काठमाडौं, २८ साउन । नेपाली सेना पनि कहिलेकांही विभिन्न सानातिना विवादहरुमा मुछिदै आएको छ । 

nepal army

पछिल्लो समय सेनाका उच्च अधिकारीकै संलग्नतामा अनियमित रुपमा सेनाको भर्ना गरिएको रहस्य खुलासा भएको छ । नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाइएको छ । गएको असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ व्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानबिनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वारी गठन गरेको छ । खड्का प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वास पात्र मानिन्छन् ।

लोकसेवा आयोगले अर्काले लेखेर पास भएका आठै जनाको परीक्षा समेत रद्द गरिसकेको छ । सो प्रकरणमा सैनिक मुख्यालयकै उच्च सैनिक अधिकारीको संरक्षण र निर्देशनमा दुई सेनानीले सेटिङमा अर्काको नाममा परीक्षा दिने वातावरण मिलाएको स्रोतले जानकारी दिएको छ । छानबिन समितिले ती दुई सेनानीको बयान लिएर छानबिनको दायरामा ल्याएको छ ।
सिपाही भर्नामा अनियमितता गरेको आशंकामा खड्का संयोजकत्वको छानबिन समितिले केही उच्च सैनिक अधिकारीको समेत बयान लिएको छ ।

भर्नामा प्रक्रियामा भएको अनियमिततामा उच्च तहका सैनिक अधिकारीकै संलग्नता रहेको भन्दै जंगी अड्डाभित्रै आलोचना भएपछि प्रधानसेनापति क्षेत्रीलाई छानबिन समिति गठन गर्न दबाब परेको थियो । सैनिक नेतृत्वको संलग्न बिना हवल्दार र सेनानीले मात्र सेटिङ गर्न नसक्ने भन्दै निष्पक्ष छानबिन हुनु पर्नेमा सैनिक मुख्यालयका उच्च अधिकारीको एक मत छ । सैनिक प्रवक्ता गोकुल भण्डारीले सैनिक भर्नामा भएको अनियमितताबारे छानबिन भइरहेको जानकारी दिएका छन् । ‘छानबिन सकिएपछि सत्य–तथ्य आउँछ’, प्रवक्ता भण्डारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७