अटल सौभाग्यका लागि पशुपतिप्रतिको आस्था (फोटो फिचर)


२८ श्रावण २०७५, सोमबार
linga puja

काठमाडौं, २८ साउन । साउनको अन्तिम सोमबार (आज) देशभरका शिव मन्दिरहरुमा महिला भक्तजनहरुको भीड लागेको छ । उनीहरुले शिव मन्दिरमा गएर पूजाआजा गरेका छन् । हिन्दू धर्मअनुसार साउन महिनालाई शिवको महिना समेत ।

linga puja
पशुपतिनाथस्थित शिव लिङ्गमा पूजा गदै भक्तजन । तस्विर : रासस

काठमाडौंको पशुपति मन्दिरमा साउनको हरेक सोमबार विशेष हुने गरेको छ । आज पशुपतिमा विहानैदेखि महिला भक्तजनहरुको भीड लागेको थियो ।

darsan ka li lam
दर्शनका लागि लाम लागेका भक्तजन । तस्विर : रासस

विहानभर पानी परे पनि पानीको पर्वाह नगरी उनीहरुले पशुपतिमा शिवको पूजा गरेका छन् । विहानैदेखि छाता ओढेर लाइनमा बसेका भक्तजनले पशुपतिमा शिवको पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

bhktajan
टीका ग्रहण गर्दै एक वृद्ध महिला । तस्विर : रासस

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पूरा हुने अटल सौभाग्य प्राप्त हुने धार्मिक मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गर्दै ब्रत बस्ने गर्छन् ।

pashupati jadai
पूजाका लागि पशुपतिनाथ मन्दिर जाँदै भक्तजन । तस्विर : रासस

आजदेखि नै बोलबम यात्रा पनि सकिएको छ । पशुपतिमा पूजा गर्न आउने महिला भक्तजनको सहजताका लागि यहाँको ट्राफिक व्यवस्थापनमा विशेष रुपमा जनशक्ति परिचालन गरिएको थियो ।

pshupati parisar
पशुपति परिसरमा भक्तजनको भीड । तस्विर : रासस

shiva linga
पशुपतिमा शिव लिङ्गमा पूजा गर्दै भक्तजन । तस्विर : रासस

tika
पशुपतिनाथको टीका ग्रहण गर्दै भक्तजन । तस्विर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७