हेलिकप्टर दुर्घटनामा १३ पर्वतारोही मारिएको आशंका


२८ श्रावण २०७५, सोमबार
102949366 d40fd8de 0783 4f19 b48d 4e3e527dce48

काठमाडौं, २८ साउन । ताजिकिस्तानको पर्वतीय क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १३ पर्वतारोही र चालक दलका तीन जना हराइरहेका अधिकारीहरूले बताएका छन् ।

102949366 d40fd8de 0783 4f19 b48d 4e3e527dce48

सो दुर्घटना आइतबार स्थानीय समयानुसार अपराह्ण ५ः३० बजे भएको बताइएको छ । उनीहरूको मृत्यु भएको आशंका व्यक्त गरिएको छ ।

रुसी समाचार संस्थाहरूका अनुसार फोर्टाम्बेक हिमताल भएको इस्मोइली सोमोनी पर्वतको आधार शिविरबाट ती पर्वतारोहीहरू सो हेलिकप्टरमा चढेका थिए । समाचार संस्था एफएफपीका अनुसार खोजी तथा उद्धारका लागि दुईवटा हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएका छन् । अधिकांश पर्वतारोहीहरू रुसी भएको विश्वास गरिएको छ ।

सात हजार चार सय ९५ मिटर अग्लो इस्मोइली सोमोनी ताजिकिस्तानको सर्वोच्च शिखर र एउटा प्रमुख पर्यटकीय आकर्षण हो ।ताजिकिस्तान सोभियत संघमा हुँदा सो पर्वतलाई ‘कम्युनिजम पिक’ अर्थात् ‘साम्यवादी शिखर’ भनिन्थ्यो । सन् १९९८ मा दशौँ शताब्दीका ताजिक राष्ट्रनायकको स्मृतिमा यसको नयाँ नामकरण गरियो । यो ‘संसारको छानो’ का रूपमा वर्णित पामिर पर्वतमालामा पर्छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७