बमसहित विप्लवका दुई नेता काठमाडौंमा पक्राउ


२९ श्रावण २०७५, मंगलवार
pakrau

काठमाडौं, २९ साउन । प्रेसर कुकर बमसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता काठमाडौंबाट पक्राउ परेका छन् ।

pakrau
सांकेतिक तस्विर

महानगरीय प्रहरी वृत्त दरबार मार्गबाट खटिएको प्रहरी टोलीले उक्त पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य उषाकिरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सञ्ज्याल रावललाई जमलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै कैलालीको भएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार से ५ प ६७०१ नम्बरको स्कुटर चेकजाँचका क्रममा कार्टुनमा प्याक गरेर ल्याएको प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । वृत्तका अनुसार बिहान सवा ३ बजेतिर उनीहरू पक्राउ परेका हुन् । उक्त बम डिस्पोजका लागि प्रहरीले खुलामञ्चमा लगेको थियो ।

बिहान ६ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको प्रहरीले जनाएको छ । विप्लव समूहले आज (मंगलबार) कार्यकर्ता पक्राउको विरोधमा नेपाल बन्द आह्वान गरेको छ । विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका केहि नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७