कांग्रेसले पायो लेखा समितिको सभापति, सभापतिमा मिनेन्द्र रिजाल र भरकुमार शाहको भिडन्त


२९ श्रावण २०७५, मंगलवार
rijal

काठमाडौं, २९ साउन । प्रतिनिधि सभाका विषयगत समितिको सभापति चयन गर्न निर्वाचन मिति तोकिएसँगै आकांक्षीहरुको सक्रियता बढेको छ । भदौ ५ गते १० वटा विषयगत समितिको सभापति चयन हुँदैछ ।

rijal

१० वटा विषयगत समितिमध्ये प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको नेतृत्व पाउने लगभग पक्का भएको छ । लेखा समितिको नेतृत्व विपक्षी दलको नेतालाई दिने संसदीय अभ्यासअनुसार कांग्रेसलाई दिन लागिएको हो ।

लेखा समितिले मन्त्रालयहरुले गरेका अनियमितताको छानबिन गर्ने अधिकार भएको र त्यसमा प्रतिपक्षी दलको सांसदको नेतृत्व हुँदा मात्र प्रभावकारी हुने भएकाले लेखा समिति विपक्षी दलको नेतृत्व विपक्षी दललाई दिने अभ्यास छ ।
कांग्रेसभित्रै प्रतिष्पर्धा

लेखा समितिको सभापतिका लागि नेपाली कांग्रेसभित्र प्रतिष्पर्धा हुने भएको छ । सांसद भरतकुमार शााह र मिनेन्द्र रिजालले समितिको सभापति दाबी गरेका छन् । शाह पार्टी सभापति शेरबहादुर देउवा निकट नेता भएकाले उनले पाउने सम्भावाना धेरै छ । उनी रुपन्देहीका लोकप्रिय नेता हुन् । लगातार ३ पटक विजयी भए ।

गत निर्वाचनमा १३ हजार ७ सय मतान्तरले उनी विजयी भएका थिए । शाह अर्थ राज्यमन्त्री समेत भइसकेका नेता हुन् । तर, देउवा निकटकै केही नेताहरु उनलाई रोकेर रिजाललाई सभापति बनाउने खेलमा लागेको स्रोत बताउँछ । लेखा समितिमा २७ सदस्य छन् । जसमध्ये कांग्रेसबाट तेजुलाल चौधरी, पार्वती डिसी चौधरी, मिना सुव्बा, भरतबहादुर शाह, मिनेन्द्रप्रसाद रिजाल, मोहन आचार्य र राजेन्द्रकुमार केसी सदस्य छन् ।
यी हुन् समितिका सदस्यहरु :-

52f9c0fe 24bd 46e0 928a 432484bebead

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७